जीतपुरसिमरामा नगर प्रहरीको भर्ना प्रक्रिया सुरु,१३ जनाका लागि दरखास्त आव्हान

पछिल्लाे समाचार

१४ फाल्गुन । अखिलेश कुमार यादव । बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो। नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो।

उपमहानगरले तत्कालका लागि एक नगर प्रहरी सहायक निरीक्षक र १२ नगर प्रहरी जवान पदमा दरखास्त आव्हान गरेको हो ।। अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन्। ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन,कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्, नगरप्रमुख राजन पौडेलले भने ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ। जीतपुरसिमरा उपमहानगरपालिकाले एक जना प्रहरी सहायक निरीक्षक खुल्ला,प्रहरी जवान ७ जना खुल्ला, ३ जना महिला,२ जना दलित, १ जना ,आदिवासी जनजाति,१ जना मधेशी,१ जना गरि १३ जनाको भर्ना प्रकिया सुरु गरेको छ।

फोहोर गर्ने,सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगर पालिकाले जनाएको छ।जीतपुरसिमरा उपमहानगरपालिका स्थापना भए देखि नै नगर प्रहरी भर्नाको कुरा कार्यापलिका बैठकमा उठ्दै आएको थियो ।नगर प्रहरीको भर्ना प्रक्रिया अगाडी बढे संगै अहिले उपमहानगर प्रमुख पौडेलको प्रशंशा हुन् थालेको छ ।नगर प्रहरी सहायक निरीक्षक पदका लागि न्युनतम शैक्षिक योग्यता प्रविणता वा सो सरह राखिएको छ । सहायक स्तर चौथो तह तोकिएको सहायक निरीक्षक पदमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेका वा सुरक्षा निकायमा कार्यरत रहेर अवकाश प्राप्त ४० वर्षसम्मका नागरिकले आवेदन दिन सक्नेछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय