रौतहटको एक निजि अस्पताल बाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ

पछिल्लाे समाचार

१४ फाल्गुन,रौतहट : आजभोली नेपालमा नक्कली स्वास्थ्यकर्मी पक्राउ पर्ने घटना कुनै नौलो होईन ।नेपालमा नक्कली प्रमाणपत्रको नक्कली स्वास्थ्यकर्मी पक्राउ पर्ने घटना बढ्दै गएको छ ।रौतहट जिल्ला पनि नक्कली सवास्थ्यकर्मी पक्राउ पर्ने समाचार बाट अछुतो रहेन ।रौतहट बाट प्रहरीले ३ जना नक्कली स्वास्थ्यकर्मीलाई पक्राउ परेको समाचार बाहिरिएको छ ।

रौतहटको यमुनामाई गाउपालिका वडा नं.१ सुकदेव चौकमा रहेको सगरमाथा तराई हस्पिटल प्रा.लि.मा कार्यरत ३ जना स्वास्थ्यकर्मी को प्रमाण पत्र नक्कली फेला परे पछि प्रहरीले तिनै जनालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं.१४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं.३ वटोआ बस्ने २७ को मो.तबरेज आलम र यमुनामाई गा.पा.वडा नं.२ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको रौतहट प्रहरीले जनाएको छ ।

शैक्षिक योग्यता प्राप्त नगरेका ,उपचार गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरु बाट विरामीहरुको एपेन्डिस, पायल्स लगाएतका शल्यक्रिया हुदै आएको भन्ने सुचनाको आधारमा तीन जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।उनीहरुलाइ गत फागुन १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।


उपचार गर्न पाउने ईजाजत पत्र मांग गर्दा तोकिएको शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको ले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास गर्ने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

पछिल्लो समय रौतहटमा बिनादर्ता व्यापक रूपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा सञ्चालित त्यस्ता अस्पतालहरूको अनुगमन नगर्दा सैयौं नागरिकहरूले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन् । रौतहटस्थित सञ्चालित निजी स्वास्थ्य संस्थाहरूको अबिलम्ब अनुगमन गर्न जिल्लावासीले माग गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय