प्रथम जीतपुरसिमरा क्रिकेट कप चैत ३ देखि चैत १० सम्म हुने

पछिल्लाे समाचार

२९ फाल्गुन,बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रथम जीतपुरसिमरा क्रिकेट कप हुने भएको छ । उपमहानगरपालिकाको सहयोग र अभियान नेपालको आयोजनामा प्रतियोगिता ३ चैतदेखि १० चैत सम्म औराहाको सेज क्रिकेट ग्राउण्डमा हुनेछ । आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको उत्कृष्ट ब्याट्समैन,उत्कृष्ट बवलर र उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगद प्राप्त गर्नेछन् ।बिगत केहि महिना देखि जीतपुरसिमरा उपमहानगरपालिका क्रिकेटमै बनेको छ ।जीतपुरसिमरा बाट राष्ट्रिय स्तरमा खेलाडी उत्पादनको लागि अहिले जीतपुरसिमरा उपमहानगर क्रिकेट खेलमा लगानी गर्ने लागेको हो ।

प्रथम जीतपुरसिमरा उपमहानगरपालिका क्रिकेट कपमा ६ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगिताको संयोजक सोमलामा बोम्जनले पत्रकार सम्मेलनमा जानकारी गराए ।बारा जिल्लामै सबै भन्दा बढी पुरस्कार राशिको प्रतियोगिता जीतपुरसिमरामा गराउनको लागि उपमहानगरको सहयोगमा मात्र हुन् लागेको बोम्जनले बताए ।प्रतियोगितामा जिल्ला क्रिकेट संघ मकवानपुर,जिल्ला क्रिकेट संघ पर्सा,जिल्ला क्रिकेट संघ बारा,जिल्ला क्रिकेट संघ बारा र आयोजक टिम सहित कुल ६ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।


उक्त प्रतियोगिताको अनुमानित लागत करिब २४ लाख रहेको आयोजकले जनाएको छ ।प्रतियोगिता संचालनको लागि आयोजकले धमाधाम रूपमा तयारी गरिरहेको प्रतियोगिताको संयोजक सोमलामा बोमजमले बताए ।प्रथम जीतपुरसिमरा क्रिकेट कपमा उपमहानगरले १५ लाख आर्थिक सहयोग गर्ने भएको छ ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले खेलकुद क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्ने दायित्वअनुसार प्रथम जीतपुरसिमरा क्रिकेट कपको आयोजना गर्न लागिएको बताएका छन् । ‘खेलकुद, विभिन्न रचनात्मक भूमिका र सकारात्मक क्रियाकलापमा युवाहरूलाई जागृत गराउन जरुरी छ ।उक्त पत्रकार सम्मेलनमा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल,समाजसेवी रबिन्द्र खकुरेल,अभियान नेपाल संस्थाको अध्यक्ष लक्ष्मी तिमल्सिना युवा नेता त्रिलोक बिक्रम साह ठकुरी लगाएत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय