बाराको दुई वटा पालिकामा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

२९ फाल्गुन,बारा : बाराको दुई वटा पालिकामा अग्नि नियन्त्रण अभ्यास कार्यक्रम सोमबार सम्पन्न भएको छ । जिल्लाको महागढिमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको विभिन्न स्थानमा आगलागि नियन्त्रण विषयक व्यवहारिक सचेतनामुलक अभ्यास सम्पन्न भएको हो ।इस्लामिक रिलिफ नेपाल, इस्लामिक रिलिफ क्यानडाको सहयोग तथा जनजागरण युवा क्लब जेजेवाइसीको आयोजनामा संचालित समुदायको उत्थानशिलता सुदृढिकरण (एससिआर) परियोजनाद्धारा अभ्यास संचालन गरिएको हो । गर्मियामसँगै सुख्खा वातावरणमा आगलागिका घटना बढ्ने विषयलाई मध्येनजर गर्दै सचेतनामुलक अभ्यास गराइएको परियोजनाले जनाएको छ ।

परियोजना अन्र्तगत महागढिमाई नगरपालिकाको १, २ र ८ तथा सुवर्ण गाउँपालिकाको १,५,६ र ८ नं. वडा भित्रका विभिन्न १० स्थानमा सचेतनामुलक अभ्यास गराइएको हो । विपद आउनु पूर्व समुदायलाई सचेत गराउने तथा स्थानिय स्तरमा पाईने श्रोत साधनको प्रयोग गरी आगो नियन्त्रण गर्न र सम्भावित क्षेती न्यूनीकरण गर्ने उद्देश्यले अभ्यास संचालन गरिएको परियोजनाका मुन्द्रिका चौरसीयाले जानकारी दिए ।

स्थानिय महिला कृषक समुह, वडा स्तरिय संरक्षण संजालका प्रतिनिधि, युवा तथा बाल क्लबका प्रतिनिधि सहित समुदाय वासीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा रेडक्रसकर्मी साविर अहमद एराज र उमेश मिश्राले अग्नि नियन्त्रण सम्बन्धि सहभागिहरुकै सक्रियतामा व्यवहारिक अभ्यास गराएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय