चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सम्पन्न

पछिल्लाे समाचार

०५ फाल्गुन बारा : चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशनको बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी थीएन । चुरियामाई मन्दिर परिषरमा सम्पन्न अधिवेशनले पुनः प्रेमबहादुर भोम्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रेमबहादुर भोम्जनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा सन्तलाल स्याङ्तान, राजकुमार साह, सचिवमा सिंहबहादुर विक, कोषाध्यक्ष चमेली पुलामी मगर, सहसचिवमा सरस्वती सिलवाल चयन भएका छन् । यसैगरी सदस्यमा रामकुमार पुलामी, राजकुमार लामा, बुद्धिमाया घलान, राजु नगरकोटी, प्रितम राणा, बाबुकाजी लो रहेका छन् ।

चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवम् व्यवस्थापन समितिको तेश्रो अधिवेशनमा बोल्दै बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री मोक्तानले चुरियामाईको सीमाको विवादको कुरा गरेर केहि फायदा नहुने विवाद भन्दा बढी मन्दिरको संरक्षणमा ध्यान दिनु पर्ने आवश्यक रहेको बताईन ।चुरिमाई मकवानपुर जिल्लाको आस्था र बिकासको केन्द्र चुरिमाई मन्दिर रहेकोले यसलाई संरक्षण गर्न जरुरि रहेकोले बारा र मकवानपुर जिल्लाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दीइन ।

तेश्रो अधिवेशनमै बोल्दै जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरमा भुमि वर्गीकरण समबन्धी काम भईरहेकोले नक्सा हेर्दा चुरिमाई मन्दिर जीतपुरसिमरा उपमहानगर भित्र नै रहेको बताए ।जीतपुरसिमरा उपमहानगरले चुरिमाई मन्दिर संरक्षणको लागि आवश्यक पर्ने सहयोग गर्न तयार रहेको समेत बताए ।उद्घाटन समारोहमा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, जीतपुरसिमरा २२ का वडाध्यक्ष शेखर काजी रुम्बा, २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, हेटौडा उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष सुनिल मोक्तान, सल्लाहकार भरत घले, महिला व्यवसायी सिता केसीलगायतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय