अखिलेश कुमार यादव।०६ चैत।बारा : प्रथम जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा मकवानपुर क्रिकेट क्लब ३१ रनले बिजयी भएको छ । समूह ‘बि’ को पहिलो खेलमा मकवानपुर क्रिकेट क्लबले जनकपुर पिस फाउन्डेसनलाई ३१ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ्ग रोजेको मकवानपुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन जोडेको थियो ।मकवानपुरको लागि शुभ कंसकारले विस्फोटक ब्याटिङ्ग गर्दै १११ रन बनाए । कंसकारले ५५ बलमा ९ चौका र ८ छाका प्रहार गरे ।यसैगरी मकवानपुरका सुमन सुनार २४ गौरभ खडका १८ र अस्तिक दहाल १८ रन बनाए ।जनकपुरको धवन सहनी,साइमन रोय र अबजीत मण्डलले समान १/१ विकेट हात पारेको थियो ।टिमलाई जित दिलाएको शुभ कंसकारले प्लेयर अफ द मैच घोषित भए ।उनलाई नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल र शुभारम्भ कलेजका अध्यक्ष लाल प्रसाद पुडासैनीले पुरस्कार प्रदान गरेका थिए ।
१८२ रनको लक्ष्य पछ्याउन मैदान उत्रेका जनकपुरले १९.२ ओभरमा अलआउट हुदैं १५० रन बनाए ।जनकपुरको लागि हिमान्सु दत्तले विस्फोटक ब्याटिङ्ग गर्दै ६९ रन बनाए ।दत्तले ३८ बलमा ६ चौका र ४ छाका प्रहार गरे ।त्यस्तै जनकपुरका लागि अलि अकबर अन्सारी २८ बिशाल सुशलिङ्ग १९ र चन्दन यादवले १३ रन बनाए ।
मकवानपुरका लागि शुभ कंसकारले ३ ओभर बलिङ्ग गर्दै ७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।पहिलो जीत निकाल्दै मकवानपुर क्रिकेट क्लबले २ अंक जोडेको छ ।बुधवार खुकुरी क्रिकेट क्लब भैरहवा र जनकपुर पिस फाउन्डेसन एक आपसमा भिड्ने छ ।अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजित प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।


