पालिका कप २०८० को दोस्रो चरणको खेल सुरु गौर र माधवनारायण बिजयी

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।चैत ०६ । रौतहटको ईतिहासमै पहिलोपटक सुरु भएको पालिका स्तरीयको दोश्रो चरणको खेल आज देखि सुरु भएको हो। रौतहट जिल्लामा रहेको १६ वटा नगरपालिका र दुई वटा गाउँपालिकाका टिमलाई सहभागी गराउँदै १८ वटै टिममा लिग म्याच खेलाएका थिए। रौतहट जिल्लाको सदरमुकाम गौरमा एतिहासिक मैदान गौर राईसमिलमा गत फागुन २६ गते देखि सुरु गरिएको थियो।

जस मध्ये ६ वटा पालिकाका टिमले रनरेट र प्वाइन्टको अधारमा बाहिरिएका थिए। भने आज दिउँस भएको दोस्रो चरणको पहिलो खेलमा गौर नगरपालिका र कटहरिया नगरपालिका भिडेका थिए। गौर नगरपालिकाले टच जितेर पहिले ब्याटिङ रोजेका थिए। गौर नगरपालिकाले निर्धारित २० अोभरमा ७ बिकेट गुमाउँदै १४८ रन बनाउन सफल भए। जस मध्ये गौर नगरपालिकाबाट राज पटेलले १९ बलमा १६ रन, रेहान जाकिर ५ बलमा ४ रन, शनि साह १९ बलमा २४ रन,करण साह १६ बलमा १५ रन, बिवेक साह ११ बलमा १० रन, त्यसतै सितेश तिवारीले ३२ बलमा नवाद ५१ रन बनाउन सफल भए। भने कटहरिया नगरपालिकाका टिमले १४९ रनलाई पछ्याउँदै निर्धारित २० अोभरमा १८.४ अोभरमा १० बिकेट गुमाउँदै ८४ रन बनाई ६४ रनले पराजित भएका छन्।

जस मध्ये गौर नगरपालिकाबाट सितेश तिवारीले नवाद ५१ रन बनाई आफ्नो ३ अोभरको स्पेलमा ३ बिकेट हात पार्दै १४ रन खर्चेर म्यान अफ द म्याच भएका छन्। भने अर्को खेलमा माधवनारायण नगरपालिकाले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रनको विशाल स्कोर खडा गरेका थिए । पालिका कपमा अहिले सम्मकै उच्चतम स्कोर बनाएर ईतिहास माधवनारायणले रच्दै दुर्गा भगवती समक्ष १८६ रनको विशाल टार्गट दिएको थियो ।

जसमा माधवनारायणको क्याप्टेनको भुमिका निकै महत्त्वपूर्ण थियो । जवाफी ब्याटिङमा दुर्गा भगवतीले १११ रनमै अलआउट भइ ७४ रनबाट हार बेहोर्न बाध्य भए । क्याप्टेन सचिन यादवले ५२ बलमा ६ चौका ४ छक्काको मद्दतले सर्वाधिक ७७ रन बनाए, चन्दन ठाकुर २०, विवेक सहनी १८, रणविर यादव ११ रन बनाएको थियो ।
दुर्गा भगवती का जगरनाथ दासले २० बलमा २ चोका २ छक्काको मद्दतले ३१ रन, रितिक गुप्ताले २३ बलमा २ चौका १ छक्काको मद्दतले २८ रन, विक्रम साह ११ र सन्दिप साह १० रन बनाएका थिए ।


दुर्गा भगवतीका आशिक झा ४ ओभरमा २३ दिई ३ विकेट, आदित्य झा ४ ओभरमा ३९ रन दिई २ विकेट, विक्रम साह र यश गुप्ताले एक एक विकेट लिएको थियो । माधवनारायणका नितेश यादवले ४ ओभरमा ११ रन दिई ४ विकेट, दिपेन्द्र साह ३ ओभरमा १ मेडन राख्दै २२ रन दिई ३ विकेट, सचिन यादव ४ ओभरमा २४ रन दिई १ विकेट र चन्दन ठाकुरले १ विकेट लिदै ७४ रनले बिजयी भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय