रौतहटमा सवारी दुर्घटना बढ्दै, ट्राफिक प्रहरी राजश्व असुलीमा व्यस्त

पछिल्लाे समाचार

१४ चैत,रौतहट । रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्नुको सत्ता ट्राफिक प्रहरी राजस्व उठाउनमा व्यस्त भएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ वटा सवारी दुर्घटना हुदा २६ जनाले ज्यान गुमाएका छन् भने ४७२ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङकले देखाएको छ । पौष महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठूला बडा बजारमा अव्यवस्थित पार्किङ्ग, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटीङ्गमा चलिरहेको छ । तर विभिन्न पर्वको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी नियन्त्रणमा लिएर कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।

आय दिन गौर चपुर सडक खण्ड, गौर गंगा पिपरा सडक खण्ड, बमनहर विरगंज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण दुर्घटना भईरहनछ । प्रहरीको नियम अनुसार कहिले पनी नियमित चेकजाच, सवारी चलाउने बारे जनचेतनामुलक कार्यक्रम रौतहटमा नहुने गरेको र ट्राफिक प्रहरी मात्र राजश्वमा संकलनमा व्यस्त भएकोले दुर्घटना बढेको रौतहटका स्थानीयहरूले गुनासो गरेको छ ।एक्कासि राजश्व संकलनका लागी प्रहरीले चाड पर्वको मुखमा मात्र चेकजाच गरी सवारी पक्राउ गरी कारवाही गरेको जनगुनासो रहेको छ ।

वितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नंबरको सवारीले दुर्घटना घटाउछन भने भन्दै सवारीहरु नियन्त्रणमा लिएर कारवाही गरेको थियो । कागज पत्र हुदा हुदै पनी नपढेलेखेका पर्वमा घर आएका नेपाली भाषा नबुझने बोल्न नसक्ने परदेशीहरुलाई डराई धमकाई सवारी नियन्त्रणमा लिएर कारवाही गरेको जन-मानसले आरोप समेत लगाएका छन् । तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो देखिएको छैन । नेपाल सरकारले सार्वजनिक गरेको राजश्व प्रगति विवरणका अनुसार ४३% राजश्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगतै राजश्व संकलनमा ट्राफिक प्रहरी केन्द्रीत बनेको स्रोतले जनाएको छ ।

सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण दुर्घटना बढेकाे आम जनताको बुझाई रहेको छ । सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाईदिने र बेलुका आउदा कागज पत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पिडितहरुले बताएका छन् ।प्रहरी बरिष्ठ नायब निरिक्षक कमल नेपालीको मातहत रहेका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुख दिएको बुझीएको छ । “साना लाई एन र ठूला लाई चैन” उखान जस्तै नेता पावर पहुच र चिनजान भएको व्यक्तिलाई कुनै किसिमको रोकटोक नरहेको देखीएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय