त्रिशुलीमा ज्यान गुमाउनेको सबै मृतकको पहिचान खुल्यो

पछिल्लाे समाचार

मुग्लिङ, १७ चैत । आज बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ ।जसअनुसार सो दुर्घटनामा ज्यान गुमाउनेनमा गोरखा नगरपालिका–७ की ७० बर्षिया जुनकिरी रोकाया, ४१ वर्षका हरिमाया रोकाय, २८ वर्षकी अञ्जना रोकाय र ९ वर्षका बालक आगमन नगरकोटी रहेका छन् ।

१८ वर्षका दिवस रोकाया भने त्रिशुली नदीमा हराइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । उनका अनुसार खोजी कार्य जारी राखिएको छ । ट्याक्सी चालक गोरखा ७ कै ३५ वर्षका अर्जुन शिर्मल रहेको जनाउँदै चितवन प्रहरीले उनीहरू बाबुको दाहसंस्कार गरी गोरखामा किरिया पुत्री बस्न जान लागेका थिए । थप विवरण आउन बाँकी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय