मन्त्रीसँगको फोटो देखाएर लाखौं ठग्ने रौतहटको एक युवक पक्राउ

पछिल्लाे समाचार

१७ चैत, रौतहट। मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दै आएका एकजना युवक पक्राउ परेका छन्।देशका बिभिन्न ठाउँमा पुगेर आफ्नो संरक ठूलो मन्त्रि र भीआईपीहरु संग रहेको भन्दै लाखौँ रुपैयाँ ठगि गरेको आरोपमा रौतहटको एक जना युवालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामांकन गराउने नाममा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपैयाँ ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

spot_imgspot_img
spot_img

लोकप्रिय