पाँचौ बकुलिया भवानीपुर गोल्ड कपः विरगञ्जलाई हराउदै सर्लाही सेमिफाइनलमा प्रवेश

पछिल्लाे समाचार

१७ चैत ,बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा जारि रहेको पाँचौ बकु;इया भवानीपुर गोल्डकपमा विरगञ्ज युनाइटेड पर्सा पराजित भएको छ । एभरेष्ट फुटबल एकेडेमी सर्लाहीले विरगञ्ज युनाइटेड पर्सालाई पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।सर्लाहीले बिरगंज माथि ३–१ को जीत निकालेको थियो । सर्लाहीको जीतमा जर्सि नम्बर ८ का खेलाडी रोहित गोलेले पेनाल्टि प्रहारमा १ गोल, जर्सि नम्बर १४ का खेलाडी अमित गौतम र जर्सि नम्बर १० का खेलाडी समिर राईले समान एक एक गोल गरे । विरगञ्जको तर्फबाट फ्रि किकलाई सदुपयोग गर्दै जर्सि नम्बर २४ का खेलाडी बिकि चौधरीले एक गोल फर्काएका थिए ।

खेलको पहिलो हाफको २८ औँ मिनेटमा विरगञ्जका संजय चौधरीले डिबक्स भित्र सर्लाहीका अनिल मगरलाई फल गर्न पुगेका थिए । डिबक्स भित्रको फल भए पछि पेनाल्टी सुटको अवसर पाएको सर्लाहीले अवसरलाई गोलमा परिणत गर्यो । सर्लाहीको तर्फ बाटै दोस्रो हाफको ४ औँ मिनेटमा अमित गौतमले डिबक्स भित्रबाट गोल प्रहार गरेका थिए । खेलको अन्तिम समयमा अनिल मगरले दिएको पासलाई समिर राई उतकृष्ट गोल गर्दै आफ्नो टिमलाई ३–१ को अग्रता दिलाएका थिए ।

जन जनकल्याकारी क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया भवानीपुर फिल्डमा भएको खेलको मैन अफ दि मेच सर्लाहीका समिर राई घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले नगद सहित ट्रफी प्रदान गरे । जन कल्याणकारी क्लब बकुलिया भवानीपुरको आयोजनामा चैत्र १६ गते देखि सुरु भएको प्रतियोगिता चैत्र २३ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख प्राप्त गर्नेछन् ।आइतबार आयोजक बकुलिया भवानीपुर र निजगढ युवा क्लब निजगढ एक आपसमा भिड्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय