जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण चैत्र २४ देखि आयोजना हुने

पछिल्लाे समाचार

१९ चैत, बारा– जगदम्बा स्टिलस्‌को मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १४ औं संस्करण चैत्र २४ देखि आयोजना हुने भएको छ। सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आइतबार आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो।प्रतियोगितामा ५ ए डिभिजन क्लब र ४ मोफसलका गरी १० टिमको सहभागिता रहनेछ।

साविक विजेता चर्च बोयज युनाईटेड , एपीएफ फुटबल क्लब, मचिछन्द्र फुटबल क्लब,फ्रेन्डस क्लब,नेपाल एपिएफ क्लब,नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी फुटबल क्लब,रिगल रिशोर्ट एन्फा मकवानपुर हेटौडा,सल्हेश युवा क्लब सिरहा,बिरगंज युनाईटेड र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन्।प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २० हजार प्राप्त गर्नेछन ।

प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नव जनजागृति युवा क्लब सिमराको महासचिव सम्भु सिंह ठकुरीले पत्रकार सम्मेलनमा बताए ।चैत २४ गते देखि सुरु हुने प्रतियोगिता बैशाख ३ गते सम्म सिमरा रंगशालामा हुने छ ।प्रतियोगिताको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख आर्थिक सहयोग गर्ने छ । प्रतियोगिताको उद्घाटन नेपाल सरकारको खेलकुद मन्त्री माननीय बिराज भक्त श्रेष्ठले गर्नु हुने छ ।

प्रतियोगिताको अनुमानित लागत करिब १ करोड ३ लाख ७९ हजार ८ सय रहेको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।१४ औं जीतपुरसिमरा गोल्डकपमा बिद्यार्थीहरुलाई परिचय पत्रको आधारमा ५० प्रतिशत टिकेटमा छुट गरिने छ ।अपाङ्गता ,अशक्त र ७० बर्ष भन्दा माथिको बृद्ध वृद्धालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताए ।नव जनजागृति युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सुरु भएको पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय