प्रथम करैयामाई गोल्डकप २०८० चैत २४ गते देखि हुने

पछिल्लाे समाचार

२१ चैत, बारा : प्रथम करैयामाई गोल्डकप प्रतियोगिता चैत २४ गते देखि हुने भएको छ ।करैयामाई गाउँपालिका ७ स्थित उम्जन खेल मैदानमा सञ्चालन हुने गोल्डकप चैत २४ देखि बैशाख १ गतेसम्म हुने भएको हो।करैयामाई गाउँपालिकाको आर्थिक सहयोग र नव जनप्रगति युवा क्लब उमजन बाराको आयोजनामा हुन लागेको प्रतियोगिता बारेमा मंगलबार गाउँपालिका वडा न ७ को कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

कुल ७ लाखको लागतमा हुने प्रतियोगिता ९ टिमको सहभागिता रहने नव जनप्रगति युवा क्लबले जानकारी दिए।प्रतियोगितामा बिरगंज सिटि क्लब, बिरगंज युनाईटेड क्लब,जनशक्ति क्लब कोल्हवी,न्यु जनजागृति क्लब निजगढ,रियल स्टार जनजागृति युवा क्लब गुजरा रौतहट,ज्वाला दल गण आर्मी ब्यारेक कलैया ,शसस्त्र एपीएफ बर्दिबास,आयोजक नव जनप्रगति युवा क्लब उमजनले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार शिल्ड मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार २५ हजार शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।करैयामाई गाउँपालिकाको कार्यालय प्रथम करैयामाई गोल्डकपको आयोजनाको लागि ५ लाख आर्थिक सहयोग गर्ने छ भने अन्य संघ संस्था बाट सहयोग लिएर प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय