आत्महत्या न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

१७ बैशाख,अखिलेश कुमार यादव । बारा । लागुऔषध बाल हिंसा तनाव व्यवस्थापन सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका ५ स्थित बकुलिया क्याम्पसमा बिद्यार्थीहरुलाई लागुऔषध , बालहिंसा , तनाव व्यवस्थापन ,सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक दाहालले बारामा पछिल्लो समयमा आत्महत्याको घटना घट्दै गएको बताउदै उक्त घटनालाई प्रहरीले निरुसाहित गर्नको निम्ती सामाज र बिद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताउनु भएको छ ।बिद्यार्थीहरुलाई आत्महत्या भनेको के हो ? आत्महत्याबाट बच्न के कस्तो उपायहरु अबलम्बन गर्ने, न्यूनिकरण गर्नको लागि व्यक्तिगत तथा सामूहिक रुपमा र संस्थागत रुपमा अपनाउनु पर्ने सावधानी लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत प्रहरी नायब उपरीक्षक दाहालले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा जीतपुरसिमरा उपमहानगरपालिका-५ का वडाध्यक्ष दिपेन्द्र चौधरीले सबैले सकारात्मक बिचारका साथ आगडी बढनु पर्ने भन्दै यसले पनि आत्माहत्याको घटनामा कमी आउने कुरा बताउनु भएको थियो ।विशेष गरेर उमेर समूह, सामाजिक, आर्थिक, विविध कारणबाट पनि आत्महत्या हुने गरेको पाइएको छ । यसलाई रोकथामको लागि मुख्य त सामूहिक पहल गरी मान्छेमा भएको एकोहोरो र निराशपन हटाउन सिकायो भने आत्महत्या कमी ल्याउने सकिने प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालेले जानकारी दिनुभयो । समाजमा बढ्दै गईरहेको बालबिवाहलाई रोक्नको लागि सबैलाई आ-आफ्नो ठाउँ बाट अवाज उठाउन उहाँले आग्रह समेत गर्नुभयो ।

आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको उल्लेख गर्दै व्यक्ति स्वयम्ले सावधानी अपनाउन सकेमा आत्महत्याका घटना न्यूनीकरण हुने नमुना माध्यमिक बिद्यालय बकुलिया प्रधानध्यापक धनन्जय गौतमले बताउनुभयो ।लागुऔषध बाल हिंसा तनाव व्यवस्थापन सकरात्मक सोच तथा आत्महत्या न्यूनीकरण सम्बन्धीकार्यक्रममा बकुलिया क्याम्पसमा कक्षा ११, १२ अध्यनरत अन्दाजी १०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय