बारा प्रहरी द्वारा हुण्डी कारोबार, गाँजा र चोरी पैठारीको विवरण सार्वजनिक

पछिल्लाे समाचार

१८ बैशाख ,बारा : जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजा,हुण्डी कारोबार र चोरी पैठारीको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक बर्ष २०७८/०७९ मा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ हजार बराबरको बिभिन्न समान पक्राउ गरेर भन्सार कार्यालय बुझाएको छ भने आर्थिक बर्ष २०७९/०८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ र आर्थिक बर्ष २०८०/०८१ को बैशाख १८ गते सम्म ४८ करोड ४१ लाख ५४ ह्गजार ८ सय ५७ मूल्य बराबरको समान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकाले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले हुण्डी कारोबारीको विवरण समेत सार्वजनिक गरेको छ । बारा प्रहरीले श्रोत नखुलेको ३८ लाख ९ हजार रकम बरामद गरेको छ भने हुण्डी कारोबारमा संगलंगन रहेको आरोपमा ४ जना माथि मुद्दा दर्ता गरेको र ७ जनालाई पक्राउ गरेको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले हाल सम्म १२ सय ८ किलो गाँजा बरामद गरेको छ भने ४२ जना माथि मुद्दा दर्ता र ५८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको विवरण उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय