बारा बाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

पछिल्लाे समाचार

१८ बैशाख,बारा- । बारा बाट लागुऔषध गाँजा सहित २ जाना पक्राउ परेको छ । निजगढ नगरपालिका- १० स्थित सडकबाट २ सय १६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका- २ बस्ने ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका बस्ने जीवन घलान रहेको छ ।लागुऔषध गाँजा र ट्रक सहित दुबैजनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा गाँजा फेला परेको थियो । प्रहरीले ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनको आयोजना गरेर दुबै जना अभियुक्तलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बैशाख १८ गते सम्म १२ सय ८ किलो गाँजा पक्राउ गरेको छ भने गाँजा सहित ५८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय