जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा नि:शुल्क कम्प्युटर कक्षा संचालन

पछिल्लाे समाचार

१९ बैशाख, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा नि:शुल्क कम्प्युटर कक्षा संचालनमा आएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका ५ को आर्थिक सहयोग र सराफ मिडिया प्रालीको आयोजनामा १ महिने आधारभुत कम्प्युटर तालिम संचालनमा आएको छ । सराफ मिडिया प्रालिको अध्यक्ष विशाल सराफको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा एक महिने नि:शुल्क कम्प्युटर तालिमको सुरुवात भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को  वडा स्तरीय कार्यक्रम अनुसार वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय बकुलियामा १ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको छ ।तालिममा नमुना माध्यमिक विद्यालय बकुलियामा अध्यनरत २५ जना छात्राको सहभागिता रहेको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख अधिकारीले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए।

सिकेका कुरा तालिममा मात्रै सिमित नगरी व्यवाहारिक रुपमा कार्यान्वयन गर्न उनको आग्रह छ। नि:शुल्क कम्प्युटर कक्षा संचालन कार्यक्रममा वडा सदस्य इन्दल पासवान,बिमला देवि शर्मा ,पुनम देवि चौधरी बकुलिया माबिका प्रअ धनन्जय गौतम लगाएतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय