वडाध्यक्ष पटेल द्वारा श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन

पछिल्लाे समाचार

 २८, बैशाख ,बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -१० बलुवामा नवनिर्मित श्रीराम जानकी मन्दिर धर्मशालाको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को वडाध्यक्ष संजय पटेलले नवनिर्मित श्रीराम जानकी धर्मशालाको उद्घाटन गर्नु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० को बिनियोजित बजेटको १० लाख बाट श्रीराम जानकी मन्दिर धर्मशाला निर्माण भएको हो ।धर्मशालाको निर्माण भए संगै स्थानियहरु खुशी भएको छ।नवनिर्मित २ कोठे धर्मशाला भवनको उद्घाटनले जीतपुरसिमरा उपमहानगरपालिका-१० का स्थानियलाई धेरै राहत भएको वडाध्यक्ष संजय पटेलले बताउनु भयो ।

oplus_0

उहाँले आफू निर्वचित भए देखि नै आफ्नो वडामा एउटा धर्मशाला भवनको अभाव देखिरहेको हुनाले वडा बाट तत्कालको लागि २ कोठे श्रीराम जानकी मन्दिर धर्मशाला निर्माण गरेर उद्घाटन गरेको बताउनुभयो ।उक्त नवनिर्मित श्रीराम जानकी मन्दिर धर्मशाला उद्घाटन कार्यक्रममा वडा सदस्य , गरिब महतो,रन्जित महतो,रमझरिया मलाहीन,सकुलिया सरभगीन वडा सचिव सागीता चौधरी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय