स्वर्गीय रामा यादवको जीवनीमा आधारित बृतचित्रको बिमोचन

पछिल्लाे समाचार


२८ बैशाख, रौतहट : स्वर्गीय रामा यादवको जिवनीमा आधारित बृतचित्रको बिमोचन गरिएको छ । गाैर नगरपालिकाको नगरप्रमुख शम्भु साहले शुक्रबार एक कार्यक्रमको बिच स्वर्गीय रामा यादवको जीवनीमा आधारित उक्त बृत चित्रको बिमोचन गर्नु भएको छ । जयरामा मिडिया प्रा ली.गौरले आयोजना गरेको स्व. श्रीमती रामा यादवको तेस्रो पुण्यतिथिको समझनामा बृतचित्र विमोचन गरिएको स्वर्गीय यादवका श्रीमान जय प्रकाश यादवले बताउनुभयो । 


स्वर्गीय रामा यादवको बृतचित्र बिमोचन कार्यक्रममा बोल्दै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले समाज परिवर्तनका लागि रामा यादवले गरेको कार्य सदैव भरी सम्झनामा रहने बताउनु भयो ।  समाजमा रहेका कुसंस्कार,विकृति, बिसंगति , अन्यायलाइ हटाएर सुशासन, न्याय र समानता ल्याउने उदेश्यले स्वर्गीय रामा यादवले गरेको योगदान स्मरणीय रहने उल्लेख गर्दै रामा यादवले देखेका सपना पूरा गर्न सवैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने आग्रह गर्नुभयो । 


टेलिभिजनले गाैरलाई चिनाउने कार्य गरेकाेले टेलिभिजनकाे संरक्षणका लागि अगामी वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता समेत जनाउनु भयाे । २०७७ सालमा सञ्चालनमा आएकाे रेड टेलिभिजनका संचालिका रामा यादवको २०७८ सालकाे कोरोना भाइरसको दोस्रो लहरमा बैशाख २८ गते कोरोना संक्रमणबाट ३० बर्ष कै अल्पआयुमा निधन भएको थियो ।


रामा यादवको निधन भएपछि उहाको श्रीमान जय प्रकाश यादवले आफ्नो पत्नीको नाउमा श्रीमती रामा यादव स्मृति प्रतिष्ठान स्थापना गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने देशभरिकै महिला पत्रकारलाई रामा यादव स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएका हुन । २६ हजार १ रुपैया राशि भएको सो पुरस्कार स्वास्थ्य क्षेत्रमा सुधारको लागि लेख्ने महिला पत्रकारलाई प्रदान गरिने अध्यक्ष यादवले बताउनुभयो । 

स्वास्थ्य उपचारको आभावमा कसैको जीवन अन्त्य नहोस, स्तरीय स्वास्थ्य सेवा उपलब्ध होस भन्ने विषयमाँ कलम चलाउने महिला पत्रकारलाई प्राथमिकता दिएको बताउँदै यस बर्षकाे रामा यादव स्मृति पत्रकारिता पुरस्कार साउन १९ गतेका दिन प्रदान गरिने उहाँले  बताउनु भयो  ।स्वर्गीय रामा यादवको बृतचित्रमा उहाँको बाल्यकाल देखि संघर्ष गरेर टेलिभिजन समेत स्थापना देखि उनकाे अन्त्याेष्ठि सम्मकाे विषय बस्तु बारेमा प्रकाश पारिएको छ ।
स्वर्गीय रामा यादवले रौतहट जिल्लामै पहिलो टेलिभिजनको रुपमा रेड टेलिभिजन स्थापना गरेर संचालनमा ल्याउनु भएको थियो ।
बिमाेचन कार्यक्रममा टेलिभिजन स्थापित रहेको गौर नगरपालिका वड़ा नम्बर ५ का वड़ा अध्यक्ष शिव शंकर यादवले स्वर्गीय रामा यादवले गरेको कार्य प्रसंसनीय रहेको र उक्त कार्यले देशविदेशमा वडालाई चिनाएकाले टेलिभिजन विकासका आफ्नो तरफबाट ५१ हजार रुपैया बरावरको सामग्री सहयोग गर्ने घोषणा गर्नुभयो ।

जयरामा मिडिया प्रा ली.का अध्यक्ष जय प्रकाश  यादवको अध्यक्षतामा संपन्न भएको कार्यक्रममा बरिष्ठ  पत्रकार प्रभात कुमार झा, पत्रकार राकेश कुमार यादव, दिनेश यादव संगम , अभिमन्यु कुमार पटेलले स्वर्गीय रामा यादवको योगदानको चर्चा गर्दै सम्बेदन प्रकट गरेका थिए । कार्यक्रममा राैतहटका संचारकर्मी एवम अन्य भद्रभलामीहरुकाे सहभागीता रहेको थियोे ।

spot_imgspot_img
spot_img

लोकप्रिय