अपराध र तस्करी नियन्त्रणमा कठोर बन्दै रौतहट प्रहरी प्रमुख घिमिरे

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट बैशाख ३०। जिल्ला प्रहरी कार्यालय रौतहटमा नयाँ प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरे हाजिर भएपछि अपराध तथा तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा प्रहरीले अहम् भूमिका खेलिरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्। गत चैतको अन्तिम सातामा रौतहट प्रहरी प्रमुखमा हाजिर भएपछि प्रहरी उपरीक्षक घिमिरेले दर्जनौँ तस्करलाई तस्करीको सामानसहित पक्राउ गरी भन्सारमा बुझाएका प्रहरी नायव उपरीक्षक गिरीले बताईन् ।

रौतहट संग साटिएका भारत बिहारका खुला सिमानामा तस्करहरुले पछिल्लो समयमा खुल्याम तस्करी गरिरहदा अहिले करिब १ महिना देखि तस्करी नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। आफू हाजिर भएकै दिनदेखि बिगतमा अपराध नियन्त्रण नहुँदा हाम्रो पालामा नियन्त्रणमा बिस्तारै आईरहेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड लिएका प्रहरी उपरीक्षक घिमिरेले अवैध रुपमा सीमा वारपार हुने सामान तस्करीलाई कठोर रुपमा हाम्रो मातहत युनिटले नियन्त्रण गरिरहेको बताए।

प्रहरी उपरीक्षक लागू औषधको ओसारपसार तथा गाँजा उत्पादनमा बदनाम रहेको रौतहट लागू औषध सेवनकर्तालाई काउन्सिलिङ गर्ने, ओसारपसारको संजाल भत्काउने, ओसारपसारमा संलग्नलाई पक्राउ गर्ने कार्य तीब्र गतीमा चलिरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड लिएका प्रहरी उपरीक्षक घिमिरेले अहिले १ महिनामा १ करोड भन्दा बढीको भन्सार छलीका स- समान भन्सार दाखिला गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्।पछिल्लो समयमा रौतहटमा अपराधीक घटनामा संलग्न रहेका अपराधीलाई समयमै खोजतलास पक्राउ गरी सम्मानित जिल्ला अदालतमा बुझाउने क्रम जारी रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताईन्।

यसै गरी तस्करी,लागुअौषध तथा अपराधीक घटनाले बदनाम रहेको रौतहटमा कुनै पनि किसिमको तस्करी नहोओस् भनेर प्रहरी पूर्णतया सजग रहेको र तस्करीलाई हर सम्भव नियन्त्रण गर्न प्रहरी सक्रिय रहेकाले तस्करी नियन्त्रण गरी राजस्व वृद्धिमा सहयोग गर्ने गरेको प्रहरी उपरीक्षक घिमिरेले बताए। नेपाल प्रहरीको मुख्य काम शान्ति सुरक्षा र अपराध नियन्त्रण हुनुका साथै नेपाल भारत सीमासित जोडिएको हुनाले भन्सार राजस्व र सीमा वारपार अपराध नियन्त्रणको कार्य पनि गर्नु परिरहेको जानकारी दिएका छन्।
रौतहटमा आफुले कमाण्ड लिएपछि रौतहटको प्रत्येक नागरिकलाई प्रहरी मेरो साथीको अनुभुती दिलाउने मेरो रहर रहेको बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय