फत्तेपुर बजारको अबैध संरचना माथि चल्यो डोजर ,घर भत्काउन मेयर आफै पुगे फिल्डमा

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ०५ जेठ बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाले डोजर चलाएको छ ।

साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कठा सार्वजनिक जग्गा मध्ये ६ कठा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कठा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छ ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भएको थियो ।

उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ ।उपमहानगरले पटक पटक सुचना निकालेर सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन भने पनि स्थानीयहरुले अटेर गर्दै आएको कारण शनिवार उपमहानगरले तोकेको म्याद सके पछि डोजर लगाएर अबैध रुपमा बनाएको संरचना भत्काएको जीतपुरसिमरा उपमहानगरपालिका-१२ का वडाध्यक्ष श्यामबाबु खाँले बताए ।उनले भने हामीले पटक पटक सुचना जारि गरेर बनाईएको टहरा हटाउन अनुरोध गर्दै आइरहेका छौ तर कसैले टहरा हटाउन नमाने पछि उपमहानगरले डोजर लगाएर हटाएको बताए ।

सार्वजनिक जग्गामा घरायसी र व्यावसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी थियो । फत्तेपुर बजारको वैज्ञानिक व्यवस्थापन र जीर्ण रहेको वडा कार्यालयको भवन निमार्णको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले अबैध रुपमा बनाएको संरचना माथि डोजर चलाएको छ ।शनिवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल सहितको टोलि फत्तेपुर पुगेर सार्वजनीक जग्गामा बनाईएको संरचना माथि डोजर चलाएको छ ।

आफु निर्वाचित भए देखिने जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका सार्वजनिक जग्गा उपमहानगर मातहत ल्याउनमा लागेको र सोहि अनुसार जीतपुरको गौशाला र आज फत्तेपुर बजारमा बनाईएको संरचना माथि डोजर चलाईएको बताए । यता जीतपुरसिमरा उपमहानगरपालिकाको फत्तेपुर बजारमा बनाईएको संरचना माथि डोजर चले पछि नगरप्रमुख राजन पौडेल र वडाध्यक्ष श्यामबाबु खाँको जयजयकार समेत भईरहेको छ । उपमहानगरको वडा नं १२ मा व्यावसायिक तरकारी खेती, माछा पालन, हुने गर्दछ । सो सार्वजनिक जग्गामा विगत लामो समयदेखि सातामा २ दिन कृषि हाटबजार लाग्ने गर्दछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय