जीतपुरसिमरा उपमहानगर द्वारा सहकारीका क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव । ०६ जेठ । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सहकारी संस्थाका व्यवस्थापकहरूको लागि सञ्चालित २ दिने तालिम शनिवार सम्पन्न भएको छ ।निःशुल्क रूपमा शुक्रबार  र शनिवार सञ्चालन गरिएको तालिममा जीतपुरसिमरा उपमहानगर क्षेत्रका  सहकारी संघ/संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् व्यवस्थापकहरूको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाका व्यवस्थापकहरूको क्षमता अभिवृद्धि गरी सुशासनयुक्त र व्यावसायिक संस्था सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जीतपुरसिमरा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख सुदन चौधरीले  बताए । तालिममा सहकारी क्षेत्रको विकास र प्रवर्द्धन गरि यस क्षेत्रको सशक्तीकरण, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, अनुगमन प्रणाली, संस्थाको छवि निर्माणमा व्यवस्थापकको भूमिका, कार्यालय, सञ्चालन प्रक्रिया लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको बिहीबार समापन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले सहकारी क्षेत्रको वित्तीय तथा संस्थागत विकासमा बैंकको भूमिका थप विस्तार र व्यवस्थित गर्नका लागि तालिमले सहयोग पुग्ने बताउनु भयो । उहाँले संस्थाका सञ्चालकले सहकारीको नीति नियम र विधानमा रहेर काम नगर्दा केही सहकारीमा छिटपुट समस्या आएको उल्लेख गर्दै सबै मिलेर समस्या समाधानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख राजन पौडेल आफ्नो मन्तव्य राख्नु हुँदै

तालिमको समापन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीले  सहकारीको साधारण सभाले दिएको निर्देशन अनुसार संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि व्यवस्थापन प्रमुखको भूमिका महत्वपूर्ण हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारी प्रशिक्षक झलेन्द्र भट्टराई र हरि प्रसाद पौडेलले सहकारीमा व्यवस्थापकहरूको क्षमता विकासको विषयमा सहजीकरण गर्नुभएको थियो । उक्त तालिममा जीतपुरसिमरा उपमहानगरका बिभिन्न सहकारीमा आबद्ध १५० जनाको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय