जीतपुरसिमरामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन

पछिल्लाे समाचार

 अखिलेश कुमार यादव ।०७ जेठ बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । सोमवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख  राजन पौडेल र उपप्रमुख भोला अधिकारीले नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । ।

उद्घाटन गर्दै नगरप्रमुख राजन पौडेलले नागरिकहरूको सेवामा सहजता ल्याउनको लागि नागरिक आरोग्य सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । आयुर्वेद चिकित्सा प्रति नागरिकहरूको विश्वास बढी रहेकोले नगरमा आरोग्य सेवाले प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने पौडेलले बताउनुभयो । आयुर्वेद बारे महत्त्व बुझाई नागरिकहरूलाई निरोगी बनाउन सेवा केन्द्रको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

नगरप्रमुख राजन पौडेल

मधेस प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैयाको सहयोगमा नागरिक आरोग्री सेवा केन्द्रको सिमरामा उद्घाटन गरिएको जीतपुरसिमरा स्वास्थ्य शाखा प्रमुख रबि कुमार भाष्करले बताउनुभयो ।नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगर उपप्रमुख भोला अधिकारीले सर्वाङ्गिण क्षेत्रको विकासका साथै विशेष शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा आफ्नो ध्यान केन्द्रित रहेको र जीतपुरसिमरामा आरोग्य सेवा केन्द्रको स्थापना स्वास्थ्य क्षेत्रको विकासको लागि थप प्रयास रहेको बताउनुभयो ।

 

सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले नागरिक आरोग्य सेवा केन्द्रको बिस्तार गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाराकि प्रमुख पुनिता केशरीले बताउनु भयो । एकजना वैध र एकजना कार्यालय सहयोगी नियुक्ति गरेर उपमहानगरपालिकाले उपलब्ध गराएको कोठाबाट नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो।

नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी  कार्यालय प्रमुख पुनिता केशरीले  बताउनुभयो । विशेषतः नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा उपलब्ध हुन्छ,’ केशरीले  भन्नुभयो ‘त्यससँगै स्वस्थ रहने बारेमा जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि सञ्चालन गरिन्छ।’

  बारा जिल्लामा ८ वटा स्थानिय तहमा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएको छ भने ३ वटा स्थानिय तहमा अब चाडै नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिने जिल्ला आयुर्बेद कार्यालय बाराले जनाएको छ ।उक्त उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगर वडा न २ को वडाध्यक्ष धनबहादुर श्रेष्ठ ,जीतपुरसिमरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश साह लगाएतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय