घर भत्काएको १० महिना सम्म पाएन न्याय ,पान्डेय परिवार न्यायको खोजिमा भौतारिदै 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।०८ जेठ । बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनिमा टिपर प्रयोग गरेर घर भत्काएको १० महिना बितिसक्दा समेत लालबहादुर पाण्डेयले अझै न्याय पाउन सकेको छैन ।गत बर्ष श्रावन महिना को ९ गते राती करिब ३ बजेको क्रममा टिपर प्रयोग गरेर लालबहादुर पाण्डेको घर भत्काईएको थियो । घर भत्काएको १० महिना बितिसक्दा समेत पाण्डे परिवारले न्याय नपाए पछि अहिले न्यायको खोजिमा भौतारिरहेको छ ।

बिरगंज पथलैया ६ लेन सडक अवरुद्ध

१० महिना सम्म न्याय नपाए पछि सोमबार केही युवाहरुको समूहले पान्डेय परिवारलाई न्यायको लागि सडक अवरुद्ध गरेको थियो ।पथलैया बिरगंज सडक खण्ड अन्तर्गत युवाहरुले बजनिमा करिब ३० मिनेट सम्म सडक अवरुद्ध गरेर सरकारको ध्यानाकर्षण गराएको थियो । पाण्डेको घर अगाडि इच्छाबहादुर वाग्लेको प्लटिङ्ग रहेको हुनाले वाग्लेले पाण्डेलाई बारम्बार भेटेर अन्यत्र बसाइसराइ सरेर जान भने पनि पाण्डेले वाग्लेको कुरा अस्वीकार गरेपछि टिपरको प्रयोग गरेर इच्छाबहादुर वाग्लेले  घर भत्काएको पिडित प्रवीन पाण्डेले बताए ।

न्यायको लागि सडक अवरुद्ध

विपक्षी ईच्छाबहादुर वाग्लेले अन्य मान्छे लगाइ मेरो निजी जग्गामा बनेको पक्की घरमा टिपरले पटकपटक ठक्कर हानी पर्खाल, सटर भत्काई ९ लाख बिगो सम्पत्ति नास गरेर ज्यान मार्ने धम्की दिएको कुरा पिडितले जाहेरी पत्रमा उल्लेख गरेर ईलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिएको थियो । सानोलाई ऎन ठूलोलाई चैन झै बनेको छ लालबहादुरको घर ।घर भत्काएको १० महिना सम्म पिडित परिवारले न्याय पाएको छैन ।

पान्डेय परिवार अहिले चिन्तित बन्दै न्यायको खोजिमा सडक देखि लिएर अदालतमा न्यायको लागि धाइरहेको छ ।१० महिनायता हामी ५० औ पटक जिल्ला अदालत धाइरहेका छौ, कुनै सुनुवाइ नभएकोले हामीले बाध्य भएर सडक अवरुद्ध गरेका हौ’ पिडित परिवारका सदस्य प्रवीण पाण्डेले भने ‘अव हामी चुप बस्दैनौ न्यायका लागि गृह मन्त्रालयसम्म जान्छौ ।’ पाण्डेको घरछेउमै वाग्लेको प्लटिङ भएकाले २०६८ सालदेखि विवाद हुँदै आएको पाण्डेको भनाइ छ । जग्गा किचलोको विषयलाई लिएर बारा जिल्ला अदालतमा पुरानो मुद्दा विचाराधीन अवस्थामा  छ । 

spot_imgspot_img
spot_img

लोकप्रिय