ग्यास वान नेपाल द्वारा ४ सय ८ वटा अयोग्य सिलिन्डर नष्ट

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।०८ जेठ ।बारा : ग्यास उद्योगीहरुले पूराना सिलिन्डर प्रयोग गरेको आरोप खेपिरहेका बेला ग्यास वान नेपालले ४ सय ८ वटा पूराना सिलिन्डर नष्ट गरेको छ। धेरै पुराना र हाइड्रोलिक टेष्ट फेल भएका मापदण्ड विपरितका  ४ सय ८ थान ग्यास सिलिन्डर नष्ट गरेको ग्यास वान नेपालले जनाएको छ।

ग्यास वान नेपालको कार्यालयमा अयोग्य सिलिन्डर नष्ट गरिदै

ग्यास वानको बाराको जीतपुरसिमरा उपमहानगरपालिका १६ पिलुवामा रहेको ग्यास उद्योग परिसरमा नेपाल आयल निगम, उपभोक्ता अधिकारकर्मी, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागका अधिकारीको  रोबहरमा नष्ट गरेको हो। म्याद पुगेका ग्यास सिलिन्डर नष्ट नगरे दुर्घटनाको जोखिम भएकाले हाइड्रोलिक टेष्टमा फेल भएका, सिलिन्डर नष्ट गरेको ग्यास वान नेपाल प्रालीका  प्रबन्धक सरोजराज ढकालले बताए। ‘धेरै पुराना सिलिन्डर छनोट गरेर राखेका थियौं,’ ढकालले भने, ‘उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर नष्ट गरयौं।’

ग्यास वान नेपाल प्रालिका प्रबन्धक सरोजराज ढकालले सिलिन्डर बारे बोल्दै

ग्यास सिलिन्डर बनेको १० वर्षपछि पहिलो पटक, त्यसपछि प्रत्येक पाँच–पाँच वर्ष र त्यसपछि ३–३ वर्षमा हाईड्रोलिक टेष्ट गर्नुपर्ने प्रावधान छ। नयाँ सिलिन्डर पनि बजारमा पठाउँदा  कुच्चिए, रिङ फुटे, ग्यास लिक भए नष्ट गर्नुपर्छ। मुलुकमा ५८ ग्यास उद्योग रहेका छन्। अधिकांश ग्यास उद्योगले धेरै पूराना सिलिन्डर प्रयोग गर्दै आएका छन्। यसले उपभोक्तामा जोखिम बढेको छ। विभिन्न समयमा सिलिन्डरकै कारण दुर्घटना भएर मानवीय क्षती भएको छ। ग्यासको गुणस्तरको मापदण्ड तोकिएको छ।  बारा जिल्लामै पहिलो पटक ग्यास वन नेपालले अयोग्य सिलिन्डर नष्ट गरेको छ।

नष्ट गर्नको लागि राखिएको अयोग्य ग्यास सिलिन्डर

ग्यास वन नेपाल प्रालिले आयोजना गरेको अयोग्य ग्यास सिलिन्डर नष्ट कार्यक्रममा वक्ताहरुले ग्यास वन नेपाल प्रालिले अयोग्य ग्यास नष्ट गर्न सुरु गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो ।ग्यास वन नेपाल जस्तै अन्य ग्यास उधोगले पनि अयोग्य सिलिन्डर नष्ट गर्नु पर्ने सुझाव समेत दिएको थियो ।ग्यास वान नेपाल प्रालिका प्रबन्धक निर्देशक हिडेकी फुकुईको सभापतित्वमा सुरु भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगर वडा न १६ का वडा सदस्य हेम बहादुर वुर्जा प्रमुख अतिथी रहनु भएको थियो ।

बेल्डिङ मेसिनले काटेर सिलिन्डर नष्ट गरिदै

ग्यास वान नेपाल प्रालिले आयोजना गरेको अयोग्य सिलिन्डर नष्ट कार्यक्रममा नेपाल आयल निगम लिमिटेड बिरगंजका सन्जय साह, गुणस्तर तथा नापतौल बिभागका सहायक निरिक्षक सुशान्त चौधरी, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण का नासु दिलिप खड्ग लगाएत स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

अयोग्य ग्यास सिलिन्डर नष्ट कार्यक्रममा सहभागीहरु
spot_imgspot_img
spot_img

लोकप्रिय