कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

पछिल्लाे समाचार

०८ जेठ ।काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले थापाथलीस्थित कार्यालयबाटै पक्राउ गरेको छ । जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले सिरोहियालाई पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको हो ।

उनलाई पक्राउका लागि पुगेको टोलीले कार्यकक्षमै छिरेर पुर्जी थमाएको छ । पुर्जी दिइसकेपछि उनलाई अब कान्तिपुरको कार्यालयबाट निकालिँदै छ । दोहोरो नागरिकता प्रकरणमा सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले मंगलबार अनुमति दिएको थियो ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका थिए । सिरोहियाले राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै पनि प्रतिशोध र हस्तक्षेपबाट कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि बताएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय