फिरौती तथा हत्याको अभियोगमा फरार रहेको प्रतिबादी रौतहटमा पक्राउ।

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।जेठ ०८ । २९ महिना देखि अपहरण तथा शरिरिक बन्धक कर्तव्य गरि हत्याको अभियोगमा फरार रहेको थप १ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको हो।गत २०७८।पौष २० गते साझ अपहरण समुहले रौतहट जिल्लाको गौर न.पा.वडा नं.३ बस्ने रामाशंकर प्रसाद जैसवालको छोरा बर्ष २७ को रोहित कुमार जैसवाललाई अपहरण गरेका थिए। अपहरणकारीले जैसवाललाई अपहरणले जैसवालका बुवा संग फिरौती माग्ने सुरु गरेका थिए। सो बारे मृतकका बुवाले प्रहरीको सहयोग लिन खोजे पछि अपहरणकारी समुहले जैसवाललाई हत्या गरि जुटेको बोरामा भारत बिहारको बैरगनिया सितामढीमा पर्ने बागमती पुल तल शवलाई फालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

सो घटनामा संलग्न रहेको जिल्ला रौतहट गौर न.पा.वडा नं.५ बस्ने रामचन्द्र मिश्रको छोरा बर्ष ५८ को राजु मिश्र रौतहट प्रहरीले २९ महिना पछि पक्राउ गरेको प्रहरी उपरीक्षक दिलिप घिमिरे बताएका छन्। मिश्र सहित अन्य अपराधीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले घटना पछि खोज्ने कार्य तीब्र गरेता पनि जिल्ला प्रहरी कार्यालय रौतहटको कमान्ड सम्हाले देखि अपराधीक घटनामा संलग्न रहेको ब्यक्तिलाई खोज्ने कार्य गर्दा अहिले हत्या अभियोगमा फरार रहेको मिश्रलाई रौतहटको बिशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्।

मिश्र सहितका समुहले फिरौती रकम माग गर्ने उद्देश्यले झुक्काई अपहरण गरी भारतको बैरगिनियामा लगि बन्धक बनाई निज जैसवाललाई हत्या गरेका थिए। सोही मुद्दामा जिल्ला अदालतबाट वारेन्ट सहितको पक्राउ पुर्जी समेत जारी भएका प्रतिवादीहरु मध्येका जिल्ला रौतहट गौर न.पा.वडा नं. ५ बस्ने रामचन्द्र मिश्रको छोरा बर्ष ५८ को राजु मिश्रलाई बिशेष टोलीले पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला सरकारी वकिल कार्यालय रौतहट मार्फत सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय