नेशनल मेडिकल कलेज र वडा कार्यालयबीच स्वास्थ्य उपचारमा सहुलियत सम्झौता

पछिल्लाे समाचार

माघ २० सिमरा : पर्साको भेडीयाही स्थित नेशनल मेडिकल कलेज र बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १६ वडाबिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।मंगलबार अस्पतालको सभा हलमा नेशनल मेडिकल कलेजका  निर्देशक डा .इसरत जहान  र जीतपुरसिमरा उपमहानगरपालिका वडा न १६ का वडाध्यक्ष हरिदेव खरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।

वीरगंजस्थित नेशनल मेडिकल कलेज प्रा.लि. र बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ बीच स्थानीय नागरिकलाई सहुलियत दरमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आपसी सम्झौता भएको छ। सम्झौतामार्फत वडा नं. १६ का सिफारिस प्राप्त बिरामीले नेशनल मेडिकल कलेजबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा उल्लेखनीय शुल्क छुट पाउनेछन्। ओपीडी टिकट, बेड शुल्क, आईसीयू तथा विभिन्न शल्यक्रिया, परीक्षण, स्क्यान र औषधि सेवामा छुटको व्यवस्था गरिएको छ, जसले आर्थिक रूपमा कमजोर तथा सामान्य नागरिकलाई उपचारमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार सम्बन्धित बिरामीले वडा कार्यालयको सिफारिस पत्र वा सरकारी परिचयपत्र पेश गर्नुपर्नेछ। यसका साथै, प्रत्येक तीन–तीन महिनामा वडा क्षेत्रभित्र निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने सहमति पनि भएको छ। शिविर सञ्चालनका लागि आवश्यक स्थान र भौतिक पूर्वाधार वडा कार्यालयले व्यवस्थापन गर्नेछ भने चिकित्सक तथा स्वास्थ्यकर्मीको खानपान र सुरक्षाको जिम्मेवारी पनि वडा कार्यालयले लिनेछ।

यो सम्झौता एक वर्षका लागि लागू हुने र आवश्यकता अनुसार दुवै पक्षको आपसी सहमतिमा परिमार्जन गर्न सकिने उल्लेख गरिएको छ। कुनै पक्षबाट सम्झौताका शर्त उल्लङ्घन भएमा ३५ दिनको सूचना दिएर सम्झौता खारेज गर्न सकिने प्रावधान पनि राखिएको छ।।नेशनल मेडिकल कलेज र वडा कार्यालयबीच भएको यस सम्झौताले स्थानीय तह र निजी स्वास्थ्य संस्थाबीच सहकार्य बढाउँदै सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास लिइएको छ।

ad

spot_imgspot_img
spot_img

लोकप्रिय