सडक अतिक्रमण गरेर ब्यापार गर्नेको संख्या बढ्यो,उपमहानगर टुलुटुलु हेरेर बसेको आरोप

पछिल्लाे समाचार

अखिलेश कुमार यादव ।जेठ ११ गते । बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा सडक अतिक्रमण गरेर ब्यापार गर्नेको संख्या बढ्दै गएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुर बाट अतिक्रमण गरेर बनाईएको संरचना हटाउने अभियानको सुरु गरेको उपमहानगर अहिले जीतपुरको फूटपाथ हताउनुको सट्टा टुलुटुलु हेरेर बसेको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख देखि लिएर कर्मचारीहरु समेत सधै जीतपुरमा सडक अतिक्रमण गरेर व्यवसाय गर्ने गरेको हेर्ने गरेको छ तर उपमहानगरले सडक अतिक्रमण गरेर ब्यापार गर्नेहरुलाई हटाउन सकेको छैन ।

बाराको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको बिरगंज पथलैया ६ लेन सडक अन्तर्गत जीतपुर चोकमा पछिल्लो समय सञ्चालित विभिन्न पसल व्यवसायिकहरुलाई पटक–पटक हटाउने प्रयास गरे पनि प्रभावकारी बन्न सकेको छैन् । सो चोकमा ब्यापारीहरुले बिहानैदेखि राजमार्ग अतिक्रमण गरेर फलफुल लगाएत बिभिन्न समाग्री किनबेच गर्दै आएका छन् । खुद्रा व्यापारीले दैनिकरुपमा बजारको मुख्य सडकखण्डको भाग मिचेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि सर्वसाधारणलाई समेत सडक भएर आवतजावत गर्न समेत समस्या हुन थालेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको गेट देखि लिएर बकुलिया जाने बाटोको दुवै तिर फूटपाथ व्यवसायीहरुले ठेला लगाएर ब्यापार गर्दा दुर्घटनाको पनि जोखिम उतिकै बढेको छ । सडकको छेउ छाउमा ब्यापार गर्ने ब्यापारीहरुले ठेला तथा घुम्ती जस्तै रेडिमेन्ट घर ल्याएर ब्यापार गर्ने गरेको भएपनि नियमकारीहरु मौन रहेको छ । सडकको छेउ छाउमा खुल्ला रुपमा नाला माथि बाँस र काठको स्लेप बनाएर हालेर अहिल ब्यापारीहरुले व्यवसाय गरिरहेको पाईएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नब ७ ले पटक पटक सूचना निकालेर सडकको छेउछाउमा व्यवसाय गर्नेलाई खालि गर्न भने पनि ब्यापारीहरुले अटेर गरेको कारण अहिले जीतपुरमा सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ । मुख्य सडकलाई अतिक्रम गरेर व्यवसाय गर्नले जीतपुर बजार फोहोरमै बन्दै गएको र सटर भाडामा लिएर व्यवसाय गर्नेहरु फूटपाथ बजारको कारण बिस्थापित हुदैं गएको र यसको मुख्य जिम्मेवार जीतपुरसिमरा उपमहानगरपालिका रहेको जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।

अहिलेसम्म पनि खुद्रा व्यापारी, सब्जी व्यापारी तथा ठेला सञ्चालक भने बजारको मुख्य चोकको सडकखण्डमा सडकनै मिचेर यातायातका साधनसमेत अवरोध गरेर ढुक्कसँग व्यापार गर्दै आएका छन् ।अहिले जीतपुर सडक खण्डको दुवैपट्टिको भाग अतिक्रमण गरेर व्यापारीले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।सडक अतिक्रमण हुँदै गएको कारण यातायात सञ्चालन जटिल बन्दै गएको छ भने सवारी दुर्घटना र मानवीय दुर्घटना हुने खतरा पनि बढ्दै गएको पाइन्छ । यसतर्फ बेलैमा सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने सरोकारवालाको धारणा रहेको छ ।

सार्वजनिक जग्गा संरक्षण गरेर उपमहानगर मातहत ल्याउने अभियानमा लागेका जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले अहिले सम्म जीतपुरमा सडक अतिक्रमण गरेर ब्यापार गर्नेहरुलाई किन हटाउन सकेको छैन भनेर स्थानियहरुले प्रशं समेत गर्न थालेको छ ।जीतपुरमा सडक अतिक्रमण गरेर ब्यापार गर्नेहरुको कारण जीतपुर कुरुप बन्दै गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय