प्रथम लोहसण्डा गोल्डकप २०८१ जेठ १९ गते देखि हुने

पछिल्लाे समाचार

अखिलेश कुमार यादव।१२ जेठ। प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा  शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते  देखि २६ गते  सम्म सञ्चालन हुने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले जानकारी दिएका छन् ।

प्रतियोगिता बारे जानकारी गराउदै क्लबका अध्यक्ष बन्दन चौधरी

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ८ को आर्थिक सहयोगमा प्रथम लोहसण्डा गोल्डकपको आयोजना हुन लागेको छ ।प्रतियोगिताको बिजेताले नगद ८० हजार र उपबिजेतालाई नगद ४० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक सनराईक युथ क्लबका अध्यक्ष बन्दन चौधरीले पत्रकार सम्मेलनम जनाएको छ ।प्रतियोगितमा म्यन अफ दी मैचले नगद १५ सय र प्रतियोगिता भरिका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।

आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष शिव शंकर कुशवाहा

प्रतियोगितामा आयोजक सहित ८ वटा टीमको सहभागिता रहने छ ।प्रथम लोहसण्डा गोल्डकप २०८१ मा बिरगंज सिटी बिरगंज,जनशक्ति क्लब कोल्हवी,श्री वन शक्ति युवा क्लब सिद्धपुर,पर्सागढी युवा स्पोर्ट्स क्लब बढनियार ,चन्द्रपुर एफसी क्लब रौतहट ,बिरगंज युथ एकेडेमी बिरगंज ,सायनिङ युथ क्लब मनहर्वा बारा र आयोजक सनराईज युथ क्लब लोहसण्डाको सहभागीता रहने छ ।

पत्रकार सम्मेलन पछिको सामूहिक तस्बिर

प्रथम लोहसण्डा गोल्डकपको पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका ८ का वडाध्यक्ष शिव शंकर प्रसाद कुशवाहाले लोहसण्डामा पहिलो पटक हुन लागेको गोल्डकपको लागि वडाले ३ लाख आर्थिक सहयोग गरेको बताउनु भयो।सनराईज युथ क्लबले प्रथम लोहसण्डा गोल्डकप सफलतापूर्वक सम्पन्न गरे पछि अर्को बर्ष यश गोल्डकपलाई निरन्तरता दिने समेत उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।प्रतियोगिता ब्यवस्थापनको लागि करिब ६ लाख २५ हजार खर्छ हुने अनुमान गरिएको छ ।प्रथम लोहसण्डा गोल्डकपमा वडा सदस्य गङा पटेल,रुदल सहनी लगाएत पत्रकारहरुको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय