जीतपुरसिमरामा रेबिज रोग नियन्त्रण गर्न कुकुर बन्ध्याकरण सुरु 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। १२ जेठ । बाराको जीतपुरसिमरामा सामुदायिक कुकुरहरुलाई नि:शुल्क रेबिज बिरुद्धको सुई र बन्ध्याकरण  गर्न सुरु गरिएको छ । जीतपुरसिमरा क्षेत्रमा रहेका सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण गर्न थालिएको हो । सामुदायिक कुकुर नियन्त्रण तथा ब्यवस्थापनको लागि निःशुल्क कुकुर बन्ध्याकरण गर्न सुरु गरिएकको जीतपुरसिमरा उपमहानगरपालिकाको पशु बिकास शाखा प्रमुख सुबाश झाले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको पशु शाखाको   आयोजना  र नेशनल जुनोशिन एण्ड फूड हाइजिन रिसर्च सेन्टर चागल काठमाडौं नेपालको संयोजकमा  जीतपुरसिमरा  क्षेत्रमा रहेका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो । निःशुल्क रेबिज विरुद्धको सुई तथा कुकुर बन्ध्याकरण शिविर जेठ १२ गते देखि १५ गतेसम्म चल्ने छ । बजार क्षेत्रमा सामुदायिक कुकुरहरुले झुण्ड बनाएर मानिस तथा पशुमा आक्रमण गर्न थालेपछि न्यूनीकरणको लागि कुकुर बन्ध्याकरण सुरु गरिएको जीतपुरसिमरा उपमहानगरपालिका  पशु बिकाश शाखा शाखा  प्रमुख सुबाश झाले बताउनुभयो ।

‘कुकुर बन्ध्याकरणले सामुदायिक कुकुरको जनसंख्या घटाउन र कुकुरकै कारण बढुने दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको छ, प्रमुख झाले भन्नुभयो ।जीतपुरसिमरा नगर क्षेत्रमा रहेका सामुदायिक कुकुरको ज्याजती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बताउनुभयो । प्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगर क्षेत्रका  कुकुर बन्ध्याकरण हरेक वर्ष गरिने बताउनुहुदैँ, कुकुरबाट लाग्ने रेविज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

३५ वटा कुकुरलाई ल्याएर रेबिज विरुद्धको नि:शुल्क सुई र बन्ध्याकरण गरेर शनिवार छाडिएको छ। जीतपुरस्थित रहेको सैनिक क्याम्पमा सामुदायिक कुकुरहरुलाई नि:शुल्क रेबिज विरुद्धको सुई र बन्ध्याकरण गर्ने कार्यक्रम संचालन भईरहेको छ।घरपालुवा कुकुरलाई समेत रेबिज विरुद्धको सुई र बन्ध्याकरण गराउन जीतपुरसिमरा पशु शाखा बिकाश कार्यालयले आग्रह समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय