घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवस सम्पन्न

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। १५ जेठ ।जीतपुरसिमरा उपमहानगरपालिका –४ औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं स्थापना दिवस मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले नेपालले सहकारी संस्थाहरुले उत्पानशील क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई स्वरोजगार र उद्यमी बनाउनुपर्ने बताए । ‘आजको सानो बचतले भोलिका दिनमा महत्वपूर्ण काम गर्न सकिन्छ, त्यसैले आजैदेखि आफ्नो आम्दानीबाट थौरै भएपनि बचत गर्ने बानिको विकास गर्नुपर्छ ।’ उनले भने ।

अभिभावकहरुले पनि आफ्ना बालबच्चाहरुलाई सानैदेखि बचत गर्न प्रोत्साहन गर्नुपर्ने बताउँदै सहकारी संस्थाले शेयर सदस्यहरुलाई उद्यमी बनाउने गरी विभिन्न कार्यक्रम, तालिमहरु आयोजना गर्नुपर्नेमा जोड दिए । त्यस्तै सहकारी संस्थाका कर्मचारीहरुले मुस्कानसहितको सेवा दिनुपर्ने बताए । बैंकमा भन्दा सहकारी संस्थामा रकम जम्मा गर्दा शेयर सदस्यहरुले बढी लाभ लिन सक्ने अधिकारीले बताए । ११ औं स्थापना दिवसको अवसरमा बोल्दै घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष कोपिला शिमखडाले एक आपसमा मिलेर गर्ने कार्य नै सहकारी भएको बताए ।

बैंक र सहकारीको भिन्नताको बारेमा बताउँदै उनले बैंकबाट सीमिति व्यक्तिले मात्र लाभ लिने र सहकारीमा प्रत्येक सदस्य मालिक हुने भएकाले सहकारीमा नै कारोबाार गर्नु पर्नेमा जोड दिईन ।स्थापना दिवसकाे अवसरमा सदस्यहरुलाई सहकारीमा सदस्यकाे भुमिका तथा सहकारीमा सदस्यकाे अवसर र चुनाैतिका बारेमा प्रशिक्षक तारानाथ सुवेदीले प्रशिक्षण गर्नु भएकाे थियाे । साथै सहकारीले ११ ओैं बार्षिक उत्सवकाे अवसरमा सदस्य हेरचाहा जिम्मेवारी बहन गर्दै सहकारी सदस्य लक्ष्मी देवी शर्मा काे परिवारलाई स्वास्थ्य विमा गरि उक्त परिवारलाई विमा कार्ड प्रमुख अतिथी भोला प्रसाद अधिकारीमार्फत हस्तान्तरण गरेको छ ।

संस्थाका सचिव त्रीलोक बिक्रम साहले सदस्यहरुलाई सहकारीका बारेमा जानकारी दिने उदेश्यले यो कार्यक्रम आयोजना गरेको जनाए । वित्तीय संकटको बीचमा पनि संस्थाको समग्र वित्तीय अवस्था राम्रो रहेकाले सदस्यहरुलाइ ढुक्क भएर कारोबार गर्न उनले आग्रह गरे ।घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको ११ औं स्थापना दिवस कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका ४ का वडाध्यक्ष भोज बहादुर खत्री ,जीतपुरसिमरा सहकारी शाखा प्रमुख सुदन चौधरी लगाएत संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव त्रीलोक साह ठकुरिले गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय