बारा बाट नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। १६ जेठ । बारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट सहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर नक्कली नोट सहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ  पर्नेमा  बाराको कोल्हवी नगरपालिका -६ का २५ वर्षीय राजन चौधरी, वडा-५ का १९ वर्षीय आकाश चौधरी,  रौतहटको राजपुर नगरपालिका-१ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा-७ का ४० वर्षीय मोहमद आलम रहेको जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार  पक्राउ गरेको उनीहरूलाई  सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।पक्राउ परेकाहरुको साथबाट प्रहरीले  १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको  छ भने  ना ३४ प ३५१२ र बी.आर. ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एकवटा साइकल समेत बरामद गरेको छ ।पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कलैया बाट म्याद ठप्प गरेर अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए।

spot_imgspot_img
spot_img

लोकप्रिय