कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा 

पछिल्लाे समाचार

१६ जेठ । जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् । गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जानकारी खबरहबलाई दिएका छन् ।

प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो । प्रहरीको आग्रह अनुसार सिरोहियालाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानमा रिहा गरिदिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले स्वीकृति दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई ललितपुर प्रहरीले मेडिसिटी अस्पतालबाटै हिरासतबाट मुक्त गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय