बिरगंज युथ एकेडेमीले उचाल्यो प्रथम लोहसण्डा गोल्डकपको उपाधी 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। २७ जेठ । बारा : बिरगंज युथ एकेडेमीले प्रथम लोहसण्डा गोल्डकपको उपाधी उचालेको छ ।शनिवार भएको फाईनल खेलमा बिरगंज  सिटिलाई ४-० ले पराजित गर्दै बिरगंज युथ एकेडेमीले उपाधी उचालेको छ ।पहिलो हाल्फको ३७ औं मिनेटमा बिरगंज युथ एकेडेमीमा सुजल डङोलले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएको थियो ।बिरगंज सिटिले गोल बचाउन नसक्दा बिरगंज युथ एकेडेमीले सिटि विरुद्ध ४-० को जित निकाल्दै उपाधी माथी आफ्नो कब्जा जमाएको छ ।

बिजेता टिमलाई पुरस्कार बितरण गर्दै अतिथिहरु

खेलको दोश्रो हाल्फको ३ औं मिनेटमा बिरगंज युथ एकेडेमीका आदित्य शाक्यले एक गोल गर्दै आफ्नो टिमलाई २-० ले अग्रता दिलाएको थियो ।त्यसतै बिरगंज युथ एकेडेमीका आदित्य शाक्यले १  कृष्ण शाक्यले १ र सुजल।डङोलले २ गोल गरेको थियो ।बिरगंज युथ एकेडेमीले उपाधी जिते संगै नागद ८० हजार रुपैयाँ जितेको हो ।उपबिजेता भएको बिरगंज सिटीले ४० हजार रुपैयाँमा चित बुझाउन बाध्य भएको छ ।

उपबिजेता टिम बिरगंज सिटि

बिजेता र उपबिजेता टिमलाई जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले पुरस्कार बितरण गर्नु भएको थियो ।प्रतियोगिताको म्यन अफ द मैछ बिरगंज युथ एकेडमीका सुजल डङोल घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी बिरगंज सिटीका चतुर्धन चौधरी घोषित भए ।सनराईज युथ क्लब लोहसण्डाको आयोजनामा जेठ १९ गते देखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी चतुरधन चौधरी

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ८ को आर्थिक सहयोगमा प्रथम लोहसण्डा गोल्डकपको आयोजना गरेको थियो ।सनराईज युथ क्लबले खेल समापन समारोहको अवसर पारेर प्रतियोगिता संचालनमा सहयोग गरेका संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरेको आयोजक सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले बताउनुभयो ।

वडाध्यक्षलाई सम्मान पत्रले सम्मानित गर्दै नगरप्रमुख पौडेल

समापन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले जीतपुरसिमरा उपमहानगरले खेलकुद क्षेत्रमा थुप्रै लगानी परे लगानी अनुसार प्रतिफल नाअएकोले अब देखि उपमहानगरले विद्यालय खेलकुद क्षेत्रमा लगानी गर्ने बताउनु भयो ।प्रथम लोहसण्डा गोल्डकप प्रतियोगिताको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारी, नेपोभिट टायल्सका संचालक सम्भुनाथ र वडा सदस्य गङा पटेलले शुभकामना मन्तव्य राखेको थियो ।

प्रथम लोहसण्डा गोल्डकप प्रतियोगिताको समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका-८ का वडाअध्य्क्ष शिवशंकर महतो कोईरी,जीतपुरसिमरा ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, वडा न ८ का वडा सदस्य रुदल सहनी लगाएतको सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय