अखिलेश कुमार यादव। २५ जेठ । बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीहरुको पास आउट तालिम सम्पन्न भएको छ ।शुक्रवार एक कार्यक्रमको बिच ४० न गण पिलुवामा जीतपुरसिमरा उपमहानगरमा भर्ना भएको नयाँ नगर प्रहरीको पास आउट तालिम सम्पन्न भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो पटक फाल्गुन १४ गते नगर प्रहरी भर्ना गर्ने बारे सूचना निकालेको थियो ।१ प्रहरी सहायक निरिक्ष सहित १२ जना नगर प्रहरी जवानको लागि उपमहानगरले सूचना निकालेको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाले नगर प्रहरीको लागि दर्खास्त परेको मध्य १३ जनालाई छनौट गरेर सशस्त्र प्रहरी बल नेपाल ४० न गण पिलुवाको परिसरमा बैशाख २० गते देखि तालिम दिदै आएको थियो ।

शुक्रवार जीतपुरसिमरा उपमहानगर प्रमुख राजन पौडेल र प्रशासन शाखा प्रमुख रामेश्वर बन्जाराले पास आउट नगर प्रहरीलाई दर्जनी चिह्न प्रदान गर्नु भएको थियो । तालिममा नगर प्रहरीलाई सैद्धान्तीक र व्यवहारी ज्ञान तथा सिपबारे तालिम दिईएको हो । नगर प्रहरीलाई सशस्त्र प्रहरीले प्रशिक्षण दिएको थियो ।

नगर प्रमुख राजन पैडेलले देशकै उत्कृष्ट नगर प्रहरीको रुपमा पहिचान बन्ने गरि सेवामा खटिन निर्देशन दिएका छन् । एक महिने तालिमको समापन कार्यक्रममा बोल्दैँ उनले नगर प्रहरीलाई यस्तो निर्देशन दिएका हुन । तालिमले प्रहरीलाई क्षमता अभिवृद्धीसँगै कार्यसम्पादनमा सहज हुने उनको भनाई छ । साथै नगर प्रहरी सञ्चालन, व्यवस्थापन र आवश्यक सहयोगका लागि उपमहानगर तयार रहेको उनले धारणा राखे । नगरपालिकालाई समृद्ध बनाउने हाम्रो प्रमुख लक्ष्य हो ‘नगर प्रमुख पौडेलले भने त्यसका लागि सबैले आफ्नो क्षेत्रबाट उत्कृष्ट काम गर्नुपर्छ, नगर प्रहरी पनि त्यसमा जिम्मेवार छ ।’

नगर प्रहरी पास आउट तालिममा बोल्दै ४० न गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीले उपमहानगरले आफ्नो गण भित्र तालिम प्रदान गर्ने अवसर दिएकोमा उपमहानगरलाई धन्यवाद ज्ञापन गरे ।नगर प्रहरीलाई प्रशिक्षण दिएका सशस्त्र प्रहरिलाई उपमहानगरले सम्मान समेत गरेको छ ।उक्त पास आउट तालिम समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका-१६ का वडाध्यक्ष हरिदेव खरेल, जीतपुरसिमराका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जारा,सशस्त्र प्रहरीहरु लगाएत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।