निजगढ नगरपालिकाको सिंगौलमा आगलागी हुँदा एक घर जलेर नष्ट

पछिल्लाे समाचार

०३ असार, बारा । बाराको निजगढ नगरपालिकाको वडा न २ सिंगौलमा आगलागी सोमबार आगलागी भएको छ ।आगलागी हुदाँ १५ लाख बराबराको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाका अनुसार स्थानीय लिलाधर सापकोटाको घरमा दिउसो १ः३० मा आगालागी भएको हो ।

भैसीलाई कुडो पकाउने क्रममा अचानक आगो सल्किएर घरगोठमा राखिएको अन्नपात, लत्ताकपठा, भाडाबर्तन र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको खबर पाए लगत्तै अस्थायी प्रहरी पोष्ट सिंगौल र ईलाका प्रहरी कार्यालय निजगढबाट गएको प्रहरी टोलीसंगै सशस्त्र प्रहरीको विपद वेस क्याम्प निजगढको टोली, स्थानीय र निजगढ नगरपालिकाको दमकलको मद्दतमा दिउसो २ बजे आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय