जीतपुरसिमरा उपमहानगरपालिका-८ मा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न 

पछिल्लाे समाचार

०३ असार, बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-८ मा  एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सोमबार गरिएको निःशुल्क आँखा शिविरमा १ सय ४५ जना भन्दा वढीले सेवा लिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका  वडा न–८ को कार्यालय लोहसण्डाको आयोजना तथा नेपाल आँखा अस्पताल आँखा उपचार केन्द्र औराहा बाराको प्राबिधिक सहयोगमा नि:शुल्क शिविर सम्पन्न भएको हो । नि:शुल्क आँखा शिविरबाट १ सय ४५ जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका छन् ।

चेकजाँचका क्रममा २५ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसन जीतपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य तथा प्रवर्द्धन शाखाको आर्थिक सहयोगमा आँखा अस्पताल तथा आँखा उपचार केन्द्र औराहामा नि:शुल्क अपरेसन गरिने छ।  एक दिने नि:शुल्क आँखा शिविरमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका-८ का वडाध्यक्ष शिवशंकर महतो कोईरिले वडा कार्यालयले विगतमा दिनमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गरेको र आउँदा दिनमा समेत शिविर सञ्चालन गर्ने बताउनुभयो ।

वडाध्यक्ष कोईरीले शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले नि:शुल्क आँखा शिविर सञ्चालन गरेको बताए ।उक्त शिविर अधारभुत स्वास्थ्य चौकी लोहसण्डामा सम्पन्न भएको थियो ।उक्त नि:शुल्क स्वास्थ्य शिविरमा वडा सदस्य गङा पटेल ,रुदल सहनी वडाका कर्मचारी सन्देश सिंह र अधारभुत स्वास्थ्य चौकिका कर्मचारीहरुको सहभागीता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय