कलैया उपमहानगरपालिकाको वडा न २६ का १ सय घरधुरीलाई विद्युतीय चुल्हो बितरण 

पछिल्लाे समाचार

०५ असार, बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा न २६ सिसवा महेशपुरका १ सय घरधुरीलाई विद्युतीय चुल्हो तथा कराई बितरण गरिएको छ ।मंगलबार एक कार्यक्रमको बीच पूर्व सांसद रामबाबु यादव र कलैया उपमहानगरपालिकाको नगर प्रमुख बिनोद साहले १ सय घरधुरीलाई विद्युतीय चुल्हो तथा कराई बितरण गरेको छ ।

कलैया उपमहानगरपालिका  वडा न २६ को कार्यालयको वडास्तरीय बजेट बाट पहिलो चरणमा १ सय घरधुरीलाई   विद्युतीय चुल्हो वितरण गरेके हो ।विद्युतीय चुल्हो तथा कराई बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व सांसद रामबाबु यादवले ग्यासको आयतलाई प्रतिस्थापन गर्न र दैनिकि सहज बनाउन विद्युतीय चुल्होले निकै सहयोग पुग्ने बताए । विद्युतीय चुल्होको प्रयोगले वातावरण पनि स्वच्छ हुने भएकाले वितरणका लागि पहल गरिएको उनले बताए । 

कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले विद्युतीय चुल्होको प्रयोगले दाउरा र ग्यासको प्रयोग कम हुन्छ,’ उनले भने, ‘कम खर्चिलो र यसको प्रयोगले समयकोसमेत सदुपयोग हुन्छ ।वडा न २६ का वडाध्यक्ष धर्मेन्द्र यादवले वडा को आर्थिक बर्ष २०८०/०८१ को बिनियोजित बजेट बाट पहिलो चरणमा १ सय विद्युतीय चुल्हो र कराई बितरण गरिएको बताए।  त्यसतै उनले आउदो दिनमा सबै वडाबासिलाई पुग्ने गरि विद्युतीय चुल्हो र कराई बितरण गरिने बताए।उक्त विद्युतीय चुल्हो तथा कराई बितरण कार्यक्रम स्थानियहरुको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय