बाराको महागढीमाई नगरपालिकाको बजेट ७७ करोड ५४ लाख ९८ हजार ५ सय

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। ०५ असार।बारा : बाराको महागढीमाई नगरपालिकाले एक कार्यक्रम आयोजना गरी आर्थिक वर्ष ०८१/८२ को बजेट प्रस्तुत गरेको छ। नगरपालिकाको सभाहलमा आयोजित ८ औं नगरसभामा नगर प्रमुख उपेन्द्र प्रसाद यादवले महागढीमाई नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ का लागि नीति,कार्यक्रम तथा बजेट प्रस्तुत  गरेको हो।

नगर प्रमुख यादवले संघीय सरकारबाट प्राप्त हुने अनुदान रु १४ करोड ६२ लाख  शसर्त अनुदान २७ करोड ८८ लाख ९९ हजार ५ सय शसर्त अनुदान पुजिगत तर्फ रु ११ करोड ५७ लाख २८ हजार विशेष अनुदान रु २ करोड सम्पुरक अनुदान तर्फ रु १ करोड ५० लाख राजेश्व बाडफाड तर्फ रु १२ करोड ३ लाख ७१ हजार प्रदेश शसर्त अनुदान रु ९५ लाख विशेष अनुदान ३० लाख सम्पुरक अनुदान २० लाख राजश्व बाडफाड बाट रु ४० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट रु ५ करोड गरि जम्मा ७७ करोड ५४ लाख ९८ हजार ५ सयको बजेट प्रस्तावित गरेका हुन्।

नीति तथा कार्यक्रम पेश गर्दै नगरप्रमुख यादव

नीति तथा कार्यक्रम र बजेटको उद्घाटन सत्रमा मेयर यादवले  प्रस्तावित गरेको बजेटमाथि सभामा छलफल भई बजेट पारित हुनेछ।मेयर यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उनले नीति, कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा खेलकुद तथा स्वास्थ्यलाई प्रमुखता दिँदै यस आर्थिक वर्षमा यी तीनै महत्वपूर्ण विषयका साथै महागढीमाईको धार्मिक, ऐतिहासिक र पर्यटकीय विकासको क्षेत्रमा समेत उल्लेख्य सकारात्मक कदम उठाउने बताएका छन्। 

स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकिय अधिकृत कुशवाहा

उनले महागढीमाई नगरपालिकाको मुख्य पहिचान नै विश्व प्रसिद्ध गढीमाई मन्दिर विकासको मूल आधार भएकाले विगतका वर्षहरूमा महागढीमाईको धार्मिक, ऐतिहासिक र पर्यटकीयका साथै पहिचानका लागि विकासका मूल फुटाउने बताए।नगरसभाबाट मेयर उपेन्द्र प्रसाद यादवले केही महत्वाकांक्षी योजनासमेत सार्वजनिक गरेका छन्। उनले कृषि तथा पशुपालनको क्षेत्रमा थप योजनाहरूसहित यस क्षेत्रको विकासमा निरन्तरता, व्यावसायिक खेती र पशुपालनमा युवाको सहभागितालगायतमा काम गर्ने बताए।त्यस्तै, उद्योग वाणिज्यतर्फ विभिन्न तालिम तथा व्यवसाय सञ्चालनमा नगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्ने उनले थपे। ।

नगरसभामा सहभागीहरु

यता पर्यटनमा विकासका लागि महागढीमाई नगरपालिकाको बरियारपुर स्थित रहेको गढीमाई मन्दिर थप सौन्दर्यीकरण, र गढिमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारलाई अनुरोध गर्ने तथा महागढीमाई नगरपालिका भित्रका विभिन्न पोखरी, जलसागर, आदिको सौन्दर्यीकरणमा जोड दिने बताए। महागढीमाई नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन नगरभित्रका मठ मन्दिर तथा मस्जिदहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न प्रचारप्रसार, वृत्तचित्र निर्माणलगायत थप संस्कृति झल्काउने भौतिक पूर्वाधारहरू विकास गरिने बताए।

महागढीमाई नगरपालिकाको ८ औं नगरसभामा निमित प्रमुख प्रशासकीय अधिकृत बिजय कुशवाहा,वडा नम्बर १ का वडा अध्यक्ष मनोज गुप्ता, २ का अध्यक्ष बिश्वनाथ कुशवाहा, ३ का उपेन्द्र प्रसाद जैसवाल, ४ का मनोज जैसवाल, ५ का गजेन्द्र, ६ का गेनालाल यादव , ७ शिबेन्द्र प्रताप सिंह, ८ वहाब अन्सारी, ९ का दिलिप शुक्ला, नगर कार्यपालिका सदस्य नगर सदस्य लगायतको सहभागिता थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय