ट्राफिक सप्ताहको दोस्रो दिन सिमरामा विद्यार्थी संयमसेवक सहित पर्चा पम्पप्लेट वितरण

पछिल्लाे समाचार

०७ असार ।बारा । ट्राफिक सप्ताहको क्रममा दोस्रोदिन बाराको सिमरामा विद्यार्थी संयमसेवकको टोली सहित पर्चा वितरण तथा सचेत कार्याक्रमरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको कार्यक्रम अनुसार आज दोश्रो दिन सिमरामा विद्यार्थीहरुलाई संयमसेवको रुपमा खटाई पर्चा वितरण तथा सचेतनाको कार्यक्रमहरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ईन्चार्ज रामकुमार महतोले बताउनुभयो । कार्यक्रममा अत्यादिक भिँडभाँड र असहज स्थानमा जेब्रा क्रसिङ बाट पैदल यात्रीहरु कसरी हिडने बारेमा जानकारी गराईएको थियो ।

बिहिवार बाट मधेश प्रदेश भरीनै ट्राफिक सप्ताह सुरु गरिएको छ । भोली तेस्रो दिन बजार एरिया तथा चौकहरुमा जिङ्गल बजाउने,ट्राफिक सचेतना सम्बन्धी स्टिकर टास्ने,ट्राफिक नियम उलंघन गर्ने चालक पैदल यात्रु बिशेष गरि मोटरसाईकलमा ३ जना सवार हेल्मेट प्रयोग नगर्ने चालकहरुलाई सम्झाई बुझाई गर्ने र पर्चा पैमप्लेट वितरण गरिने ट्राफिक इन्चार्ज महतोले बताए ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेले उद्घाटन गरे संगै बारामा ट्राफिक सप्ताह सुरु भएको छ भने यो सप्ताह असार १२ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय