मन्त्री रिझाउन कार्यालय प्रमुख साहले गराए निर्माणाधिन भवनको उद्धघाट्न

पछिल्लाे समाचार

०७,असाढ । बारा । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले बाराको कलैयामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको.नयाँ भवन निर्माण सम्पन्न नहुंदै शुक्रबार उद्घघाट्न गरेका छन् । कार्यालय प्रमुख रामकिशोरले मन्त्रीलाई रिझाउनका लागि र आफ्नो नाम शिलालेखमा लेखाउनका लागि अधुरो निर्माण रहेको भवन उद्धघाट्न गराएका हुन् । असाढ पछि कार्यालय प्रमुख साहको सरुवा हुने हल्ला चलेपछि आफ्नो कार्यकालमा उद्घघाटन गर्न नपाइने भएकाले उनले निर्माणाधीन अवस्थामै रहेको भवन हतारहतारमा शुक्रबार मन्त्री न्यौपानेलाई बोलाएर उद्घघाट्न गराएका हुन् ।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाट २ वर्ष पहिला ठेक्का सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको यो भवन अहिले सम्म कार्यालयलाई हस्तान्तरण नै भएको छैन । ३० प्रतिशत काम अझै बाकि रहेको यो भवनको उद्धघाट्न हस्तान्तरण नभएसम्म गर्न नमिल्ने ठेकेदारका प्रतिनिधिहरुले भन्दा पनि कार्यालय प्रमुख रामकिशोर साहले मन्त्रीलाई रिझाउनका लागि शुक्रबार उद्धघाट्न गराएका हुन् ।
“नियमले हस्तान्तरण नभएसम्म भवनको उद्धघाट्न गर्न मिल्दैन तर कार्यालय प्रमुखले भन्नुभयो मन्त्रीज्यूलाई पछि समय मिल्दैन त्यसकारण अहिले उद्धघाटन गनुहुन्छ र तपाईहरु काम गर्दै गर्नुहोला अनि त्यसपछि हामि चुप लाग्यौं” ठेकेदारका प्रतिनिधि सुबोध भण्डारीले बताए । भण्डारीले निर्माणको काम अझै करिब ३० प्रतिशत बाँकी रहेको जानकारी दिए । रङरोगन गर्ने, पानीको काम गर्ने, झयालहरु लगाउने, विधुतको काम लगायतका ‘फिनिसिङ’का कामहरू भइरहेका उनले बताए ।


मन्त्री न्यौपाने र कार्यालय प्रमुख रामकिशोर साहले आफ्नो कार्यकालमा भवन बनेको देखाउन हस्तान्तरण नभएको निर्माणाधीन भवन उद्घाटन गरेको कार्यालय स्रोतले जनाएको छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बाट ५ करोड ८१ लाख रुपैयाँको लागतमा स्लेट र चन्द्रज्योती प्रा.लि.ले जेभीमा भेटेरिनरी अस्पतालको तीन तल्ले प्रशासनिक भवनको ठेक्का पाएको हो । यो प्रशासनिक भवनको ठेक्का सम्पन्न हुने मिति २०८१ साउन १३ गते सम्म रहेको भएपनि मन्त्री न्यौपाने र कार्यालय प्रमुख साहले शिलालेखमा नाम लेखाउन हतार गरेको स्थानीयले आरोप लगाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय