भारतबाट अबैध रुपमा ल्याई रहेको चाँदीको गहना सहित एक जना पक्राउ

पछिल्लाे समाचार

अमित ठाकुर।रौतहट।असार १७ गते। भारतबाट अबैध रुपमा ल्याई रहेको विभिन्न चाँदीका गहना सहित १ जना ब्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो। माधव नारायण नगरपालिका वडा नंबर १ ( दिपही का ४२ बर्षीय दिनेश प्रसाद साहले भारतको सितामढीबाट लुकाई छिपाई बैरगनिया बोर्डर हुँदै गौर तर्फ ल्याई रहेको १ कि. ४ सय ग्राम चाँदीका गहना सहित पक्राउ परेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएकी छिन्।

गौर भन्सार नजिक प्रहरी सहायक निरीक्षक बृज किशोर यादवको कमाण्डमा खटिएका टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको सवारीसाधनलाई चेकजाँच गर्ने क्रममा पक्राउ परेका साहले कपडाको बेल्ट बनाई कमर भित्र चाँदीका गर गहनाहरु त्यारी अवस्थामा राखि अटोमा बसी आई रहेको अवस्थामा झोला खोली चेकजाँच गर्ने क्रममा पक्राउ परेको प्रहरी नायव उपरीक्षक गिरीले बताएकी छिन्। पक्राउ परेका साह माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय