रोल्पाको तालाबाङमा जिप दुर्घटनाः सातको मृत्यु

पछिल्लाे समाचार


१७ असाढ । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सातजनाको मृत्यु भएको छ । चारजना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रोल्पा जलजला यातायात प्रालिबाट सञ्चालित उक्त जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार दुर्घटनास्थलबाट ११ जनाको उद्धार गरिएको थियो । जिपमा ११ जना सवार रहेको बुझिएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धारमा खटिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय