५० प्रतिशत अनुदानमा किसानलाई स्प्रे ट्यांकी बितरण

पछिल्लाे समाचार

२१ असाढ। बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ५ को कार्यालयले ५० प्रतिशत अनुदानमा किसानलाई स्प्रे ट्यांकी बितरण गरेको छ ।शुक्रबार एक कार्यक्रमको वडा न ५ को कार्यालय बकुलियाले १७५ थान स्प्रे ट्यांकी बितरण गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को कार्यालयले वडा स्तरीय बिनियोजित ७ लाख बजेट बाट किसानलाई मोटर र स्प्रे ट्यांकी बितरण गरेको हो ।वडाध्यक्ष दिपेन्द्र चौधरीले शुक्रवार १ सय ७५ थान स्प्रे ट्यांकी  किसानलाई बितरण गरेको छ ।वडा न ५ को कार्यालयले कृषिलाई विशेष प्राथमिकतामा राखेर किसानहरुलाई यो भन्दा पहिला ५० प्रतिशत अनुदानमा सिचाईको लागि मोटर उपलब्ध गराएको छ ।कृषि क्षेत्रमा सबैको पहुँच पुर्याउने उदेश्यले वडाले किसानलाई अनुदानमा मोटर र स्प्रे ट्यांकी बितरण गर्न सुरु गरेको छ ।

वडाभरीबाट निवेदन आएका कृषक समुह, सहकारी र कृषकलाई मोटर र स्प्रे ट्यांकी बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।स्प्रे ट्यांकी बितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष दिपेन्द्र चौधरीले कृषिमा व्यावसायिकता एवम् कृषि उत्पादन बढाएर आर्थिक उपार्जन गर्न उक्त सामग्री वितरण गरिएको बताए । उनले कृषि उत्पालन वृद्धिका लागि आधुनिक सामग्री प्रभावकारी हुने विश्वास व्यक्त गरे ।बितरण गर्न बाकी रहेको स्प्रे ट्यांकी र मोटर आईतबार बितरण गरिने वडा कार्यालयले जनाएको छ । उक्त स्प्रे ट्यांकी बितरण कार्यक्रममा वडा सदस्य बिमला देवि शर्मा ,इन्दल पासवान लगाएत किसानहरुको सहभागीता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय