बारामा बस दुर्घटना हुँदा करिब १० जना घाइते

पछिल्लाे समाचार

 

२७ असाढ बारा ।बारामा बस दुर्घटना हुँदा करिब १० जना घाईते भएको छ।सर्लाही जिल्लाको मलनगवा बाट बिरगंज तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जना घाईते भएको छ ।मलगवा बाट बिरगंजको लागि निस्केको ना ४ ख ७१९४ नम्बरको बस जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१६ पिलुवा स्थित पसाहा खोला नीर दुर्घटना भएको हो ।

बिगत केही दिन पानी परिरहेको हुनाले अहिले दुर्घटना हुने क्रम बढेको छ ।दुर्घटनामा परेर घाईते भएकाहरुलाई ४० न गण पिलुवाले उदार गरेर उपचारको लागि अस्पताल पठाएको छ ।प्रहरीको अनुसार बसमा करिब २५/३० जना सवार रहेको र घटना बारे थप्प अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय