पत्रकार रञ्जन यादवलाई सामाजिक सञ्जालमा गाली गरेको प्रति प्रेस सेन्टरको ध्यानाकर्षण

पछिल्लाे समाचार

०३ श्रावण । बाराका पत्रकार रञ्जन यादवको विषयमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको गाली बेईज्जतीको विषयमा प्रेस सेन्टर नेपाल बारा र पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका वडाअध्यक्ष सहितलाई जिल्ला अदालत बाराले सजायको फैसला गरेको विषयमा समाचार लेखेकै निहुँमा पत्रकार यादव विरुद्ध समाजिक सञ्जाल मार्फत अपमानजनक शब्द प्रयोग गरेको प्रति ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ “जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिलगुप्ता सहित ६ जनालाई अपराधिक उपद्रव मुद्दामा एक महिना कैद र जनही एक हजार जरिवानाको फैसला गरेको विषयमा समाचार लेखेकै आधारमा सीता उप्रेती नामको फेसबुक पेजमा पत्रकार रञ्जन यादवलाई व्यक्तिगत लाञ्छना लगाउने र गाली बेईज्जती गर्नु खेदजनक छ ।”

विज्ञप्तीमा अदालतले गरेको फैसलाको विषयमा प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष समेत रहेका पत्रकार यादवले समाचार लेख्दा सामाजिक सञ्जालमा अपमानजनक र अशोभनीय शब्दहरु प्रयोग गरेर व्यक्तिगत चरित्र हत्या गर्ने जनप्रतिनिधिबाट आमजनताले कस्तो आशा अपेक्षा गर्ने ? भनी प्रश्न समेत गरिएको छ । प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत स्थानीय सरकारको जिम्मेवार पदमा बस्ने व्यक्तिले सामाजिक सञ्जालमाप्रयोग गरेको भाषा, शैली र शब्द मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ को गाली बेइज्जती सम्बन्धी कसूर तथा साईबर अपराधको कानून समेत आकर्षित हुने उल्लेख गर्दै दोषीलाई हदैसम्मको कानूनी कारवाहीको जोडदार माग गरेको छ ।

adv

spot_imgspot_img
spot_img

लोकप्रिय