अलपत्र अवस्थामा रहेको बकुलिया खानेपानी संचालनमा आउने,नगरले छुट्यायो ५ करोड बजेट

पछिल्लाे समाचार

०३ श्रावन ।अखिलेश कुमार यादव । बारा :बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा रहेको अलपत्र खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ ।उक्त आयोजनाको उपभोक्ता समिति र खानेपानी कार्यालयले २३ वर्ष अघि निर्माण थालिएर अलपत्र अवस्थामा छाडेको कारण सञ्चालनमा आउन सकेको थिएन ।यसलाई सञ्चालनमा ल्याउन गम्भीरता नदेखाएपछि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले शीघ्र सञ्चालनमा ल्याउन सक्रियता देखाएका छन् ।

करिब २३ बर्ष देखि खानेपानी ट्यांकी निर्माण भएर अलपत्र अवस्थामा रहेको भवानीपुर बकुलिया खानेपानी संचालनमा आउँ सकेको थिएन ।बजेट अभावको कारण करिब २३ बर्ष देखि अलपत्र अवस्थामा रहेको खानेपानी ट्यांकी संचालनको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक बर्ष-२०८१/०८२ मा पाँच करोड बजेट बिनियोजन गरे पछि भवानीपुर बकुलिया खानेपानी आयोजना संचालनमा आउने आश स्थानीयहरुमा पलाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले भवानीपुर बकुलिया खानेपानी आयोजना संचालनमा तदारुकता देखाए पछि अहिले स्थानीयहरुमा खानेपानी ट्यांकी संचालनमा आउने आश पलाएको छ ।बर्षौ देखि अलपत्र अवस्थामा रहेको खानेपानी त्यान्किको कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ ,६,७ का स्थानीयहरू चापाकलको आर्सेनिक युक्त खानेपानी पिउन विवश छन् ।खानेपानी ट्यांकी संचालनको लागि उपमहानगर आर्थिक बर्ष २०८१/०८२ नीति तथा कार्यक्रममा बकुलिया खानेपानीलाई प्राथमिकता दिएकोमा स्थानियहरुले अहिले नगर प्रमुख र जीतपुरसिमरा उपमहानगरपालिकाको प्रशंशा समेत गरिरहेको छ ।

a

spot_imgspot_img
spot_img

लोकप्रिय