दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

पछिल्लाे समाचार

०६ भदौ । दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा २ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश बिक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए।  बुधवार बिहान करिब १० बजे दुवैजना इनार सफा गर्नको लागि इनारभित्र पसेका थिए । उनीहरू अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरूको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

त्यसपछि नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोलीले बिक र नेपालीलाई इनारबाट बाहिर निकालेको थियो । दुवै जनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगिए पनि ज्यान जोगाउन नसकिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । 

spot_imgspot_img
spot_img

लोकप्रिय