रौतहट प्रहरी द्वारा दुई क्विन्टल भारतिय माछा नष्ट 

पछिल्लाे समाचार

अखिलेश कुमार यादव। ०६ भदौ । रौतहट। तस्करहरुले भारतीय बजारबाट भित्र्याएको बिभिन्न केमिकलयुक्त अबैध माछा रौतहटस्थित प्रहरी गस्ती टोलीले बरामद गरी नष्ट गरेको छ । जिल्लाको गौर नगरपालिका वडा न ६ बैरिया पूल स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर बाट खटिएको टोलीले २ सय किलोग्राम  माछा नष्ट गरेको हो।

भारतबाट अबैध रुपमा भित्र्याइएको दुई क्विन्टल माछा स्थानिय भद्रभलादमी रोहवरमा जिल्ला प्रहरी कार्यालयको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले बताएका छन। तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याएर बिक्रि गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारतको आंध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेका थिए।

आन्ध्र प्रदेशबाट रौतहटसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्। तस्करहरुले सीमा क्षेत्रका नेपाल प्रहरीका युनिटसँगै सशस्त्र प्रहरीलाई समेत प्रलोभनमा पारेर मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहट लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरुमा अबैध रुपमा ल्याएर बिक्रि गर्दै आएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय